पोखरा,६ भदौ – प्रहरीले पोखरा–२, बागलुङ बसपार्क क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । गण्डकी प्रदेश कार्यालयको विशेष अनुसन्धान टोलीले बिहीबार सोही ठाउँ बस्ने २६ वर्षीया रचना गिरि र ३८ वर्षीय बिमल रानालाई विभिन्न थरीका लागूऔषधसहित पक्राउ गरेको हो । उनीहरु अहिले अनुसन्धानको लागि वडा कार्यालय बगरको नियन्त्रणमा छन् ।





