पोखरा,६ भदौ – जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार ओम हमाललाई पक्राऊ गरेको छ । प्रहरीले विप्लव नेकपाका कास्की–स्याङ्जा इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’सहित पत्रकार हमाललाई पक्राऊ गरेको हो ।हमाल जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा सम्पादक हुन । उनिहरुलाई कास्की प्रहरीले शिशुवाबाट शुक्रबार गिरफ्तारी गरेको हो ।
हमाल गिरफ्तारी बिषयलाई लिएर नेपाल पत्रकार महासंघ काँस्कीले बिज्ञप्ति मार्फत दुःख प्रकट गरेको छ । हमाललाई नेपाल पत्रकार महासंघले निशर्त रिहाई गर्न माग समेत गरेको छ । पत्रकार हमाल नेपाल पत्रकार महासंघ काँस्कीको साधारण सदस्य समेत रहेको संघले जनाएको छ । नेपाल पत्रकार महासंग गण्डकी शाखा लगाएत बिभिन्न संघ संगठनले समेत बिज्ञप्ति मार्फत हमालको गिरफ्तारीको बिरोध गरेका छन । हमाल नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन नेपालमा आबद्द पत्रकार हुन् ।





