पोखरा,७ भदौ – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार बेलायततर्फ प्रस्थान गरेका छन् । बेलायतको ९ दिने बसाईपछि उनी १४ गते स्वदेश फिर्ती हुनेछन् । बेलायतमा हुने नेपाली मेलामा भाग लिनका लागि मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै प्रस्थान गरेका हुन् ।त्यहाँ उनले नेपाली मेलामा सहभागिता जनाउनेछन् । तमु धिँ युकेले आयोजना गरेको उक्त कार्यक्रम पश्चात उनले एनआरएन युके सहित विभिन्न नेपाली समुदायको गर्ने कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम छ । विदेश भ्रमणकै क्रममा उनले एनआरएन नेपालीहरुलाई प्रदेशमा लगानी लागि आग्रह गर्ने र नेपाल भ्रमण वर्ष तथा आन्तरिक पर्यटन वर्ष २०१९ का लागि वातावरण बनाउने विषयमा भ्रमण फलदायी हुने आशा लिएका छन् ।





