बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तीजमा महिला शेयर सदस्यलाई उपहार

तीजमा महिला शेयर सदस्यलाई उपहार


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७६, शनिबार

पोखरा, ७ भदौ – संचार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य महिलाहरुलाई तीज उपहार प्रदान गरेको छ । संस्थाका अध्यक्ष विनोद ढुंगानाले शेयर सदस्य महिलालाई उक्त उपहार प्रदान गरेका हुन् ।
अध्यक्ष ढुंगानाले हरेक पर्वहरुको आफ्नै मौलिक, धार्मिक, सामाजिक सांस्कृति परम्पराको ऐतिहासिक महत्व हुने भन्दै पर्वलाई सामाजिक सद्भावसँग जोड्नु पर्ने बताए । उनले शेयर सदस्य महिलाहरुलाई उद्यमी बन्न आग्रह गर्दै शेयर सदस्य महिलाहरुर्ला कर्जामा कम ब्याज, ऋण लगानी बढि र नारी बचतमा बढि ब्याज दिएको दावी गरे । सो संस्थामा कुल २ सय ४८ शेयर सदस्य रहेकोमा महिला शेयर सदस्य ८४ रहेका छन् ।
संस्थाका सचिव एवं प्रवन्धक पवित्रराज तिवारीले गतवर्ष देखि महिला शेयर सदस्यहरुलाई तीज उपहार प्रदान गर्दै एक अर्कामा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको जानकारी दिए ।
कार्यसमिति सदस्य जमुना वर्षा शर्माले संस्थाले तीजको अवसरमा महिला शेयर सदस्यलाई उपहार प्रदान गरेकोमा खुशी ब्यक्त गरिन् । उनले भनिन् यस्ता खालका सम्मानले तीज पर्वको महत्व झन बढाएको बताइन् ।
कार्यक्रम संयोजक विनिता के.सी खतिवडाले शेयर सदस्य महिलाबीचको आत्मियता अझै प्रगाढ गराउन संस्थाले तीज उपहार कार्यक्रम गरेको जानाकारी दिइन् । उनले संस्थाका ८४ जना महिला शेयर सदस्यलाई सल, कपालबाट्ने डोरी र टीका प्रदान गरेकी थिईन् ।
शेयर सदस्य पवित्र थापाले उपहार ग्रहण गर्दै यस उपहारले महिलाको सम्मान र पर्वको महत्वलाई उजागार गरेको भन्दै संस्थाप्रति आभार व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->