शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सशस्त्र प्रहरी महानिरीक्षक रक्तदान कार्यक्रममा १ सय ८३ युनिट रगत संकलन

सशस्त्र प्रहरी महानिरीक्षक रक्तदान कार्यक्रममा १ सय ८३ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७६, शनिबार

पोखरा,७ भदौ – सशस्त्र प्रहरी महानिरीक्षक रक्तदान कार्यक्रम २०७६ को अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ८३ युनिट रगत संकलन भएको छ । गण्डकी प्रदेशमा रहेका मुक्तिनाथ बाहिनीको मातहतका युनिटहरुमा सशस्त्र प्रहरी ऐनको स्थापना दिवस भदौ ६ को अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ८३ युनिट रगत संकलन भएको हो ।

रक्तदान कार्यक्रम अन्तर्गत मुक्तिनाथ बाहिनीमा ९४, २५ नम्बर गण चण्डिका गण पर्वतमा ३६, २३ नम्बर गण मनकामनामा २०, २९ नम्बर गुल्म गोर्खामा १०, ३० नम्बर गुल्म स्याङजामा ३, ३१ नम्बर गुल्म पूर्वी नवलपरासीमा २० गरी १ सय ८३ जनाले रक्तदान गरेका थिए । सशस्त्र प्रहरी ऐनको स्थापना दिवस भदौ ६ को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक रक्तदान कार्यक्रम अघिल्लो वर्षदेखी शुरु गरिएको र यो वर्ष पनि दिवसको अवसरमा पारी रक्तदान मार्फत सामाजिक काममा अगाडि वढेको सशस्त्र प्रहरी नायव महानिरीक्षक वावुराम पाण्डेले जानकारी दिए ।

सशस्त्र प्रहरी नायव महानिरीक्षकले सशस्त्र प्रहरी दैवी प्रकोप आपत विपदमा सहयोग संगै रक्तदान कार्यक्रममा समेत सहभागीता जनाउनुपर्छ भन्ने नै आफुहरुको उद्देश्य रहेको पाण्डेको भनाइ रहेको थियो । उक्त अवसरमा रेडक्रस शोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा पोखराका प्रमुख धु्रवमणी अधिकारीले सशस्त्र प्रहरीले दैवी प्रकोप आपद विपदमा सहयोग पुर्याउदै आइरहदा रक्तदान कार्यक्रम मार्फत रगतको अभावमा रहेका विरामीलाई सेवा प्रदान गरेर मानवीय सेवामा लागेकोमा धन्यवाद ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->