पोखरा, ८ भदौ – सार्दीखोला सम्पर्क समाज कास्कीले आफ्ना चेलीबेटीहरुलाई तीजको अवसर पारेर शुभकामना आदानप्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । बिगत ०५९ साल देखि सम्पर्क समाजले सार्दीखोलाबाट पोखरा बसोवास गर्ने र बिवाह भएर आएका चेलीबेटीहरलाई दर खुवाउदै आएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य मिना गुरुङले सम्पर्क समाजले दर खुवाएर माईतिको झल्को दिएको बताईन् उनले भनिन् ‘ माईतिको अभाव खट्किन नदिएर माईति र दिदीबहिनीहरु बिचको आपसी प्रेम र सद्भावलाई कायम राखेको छ ।’ सांसद गुरुङले तीजमा प्रशासनले दिदीबहिनीहरुलाई भड्किलोको नाममा कडाई गर्नु बेठिक भएको बताईन् । तीजमा प्रसासनले सान्तिसुरक्षा प्रदान गर्ने हो भ्रष्टाचार नियन्त्रण गर्ने हो दिदीबहिनीलाई दर खान रोक्ने होईन गुरुङले भनिन् । उनले महिलाहरुलाई सीप सिकेर उद्यमी बन्न आग्रह गरिन् । महिलाहरु आय आजर्नमा लागेमा आत्मनिर्भर बन्ने र हिंसा समेत कम हुने बताईन् ।
सम्पर्क समाजका सल्लाहकार मिना कुमारी गुरुङले तीजमा बिगतमा महिलाहरुको परिस्थीति र अहिले प्रबिधीले नजिक लए पनि समस्याहरु उस्तै रहेको बताईन् । सो अवसरमा सम्पर्क समितिका अध्यक्ष बमबहादुर गुरुङले सम्पर्क समितिले तीजमा चेलीबेटीहरुलाई जमघट गराएर आत्मीयता आपसी सद्भाव र सम्बन्ध नजिक हुने बताए । उपाध्यक्ष लोक नाथ आर्चाय, मैना आर्चाय, नीलराज आत्रेय लगायतका बक्ताहरुले मन्तब्य राखेका थिए । सो कार्यक्रममा सार्दीखोला की चेली लोक गायीका माया गिरीले गित प्रस्तुत गरेकी थिईन् ।





