पोखरा, ८ भदौ – राष्ट्रिय सौन्र्दयकर्मि युनियन गण्डकीले तीजको अवसरमा सौन्दर्य पेशामा आबद्ध महिलाहरु बीच शुभकामना आदानप्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा युनियनका संस्थापक अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले ब्यूटिसियनहरुले आफ्नो सीपलाई अझबढी निखार ल्याउदै सेवाग्राहीलाई उच्चस्तरको सेवा दिनु पर्नेमा जोड दिईन् । उनले ब्यूटिसियन पेशालाई मर्यादित बनाउन सेवाग्राही प्रति बफादार भएर काम गर्नुपर्नेमा जोड दिईन् । उनले भनिन् ‘सौन्र्दय ब्यावसाय सम्बेदनशिल छ, ग्राहकहरुलाई राम्रो उच्चकोटीको सेवा दिनु पर्दछ । ग्राहकहरुसंग राम्रो र सभ्य भाषामा प्रस्तुत हुनु पर्दछ । ’
२०५५ सालमा नेपालमा पहिलो पटक ब्यूटिर्पालर एशोसिएनको नामले दर्ता भएको यो संस्था अहिले ट्रेडयुनियन महासंघ जिफन्ट अन्र्तगतको छुट्टै घटक बनेको छ । यसको शाखा सबै प्रदेशमा र ४० वटा जिल्लामा बिस्तार भएको छ । युनियन गठन भन्दा अगावै ब्यूटिसियन पेशालाई नेपाली समाजले हेर्ने दृष्टिकोण अलगखालको थियो । अहिले ब्यूटिसियन पेशा स्वरोजगारको रुपमा नेपाली महिलाहरु माझ थोरै लगानीमा आर्कषक र राम्रो आय आर्जनको माध्यम पनि बनेको छ । राष्ट्रिय सौन्र्दयकर्मि युनियन नेपाल गठन भए पछि अन्तराष्ट्रिय स्तरमा समेत पहिचान बनाएको छ । अन्तराष्ट्रिय जगतमा अन्य सामाजिक संघसंस्था जस्तै सौन्दयकर्मि युनियको यूनी भन्ने संस्थामा समेत अबद्धता रहेको राष्ट्रिय अध्यक्ष सुमन गुरुङले जानकारी गराईन् ।
कार्यक्रममा अवसरमा बरिष्ट ट्रेडयुनियनकर्मि हिरु पुनले प्रशासनले महिलालाई भड्किलो भएको भन्ने बहाना बनाएर रमाईलो गर्न नदिएकोमा खेद प्रकट गरिन् । उनले भनिन् ‘ प्रशासनले भ्रष्टाचार, कालोबजारी अपराध रोक्नु परो, संस्कृतिलाई बिकृति भने महिला दिदी बहिनीहरुलाई तीजको कार्यक्रम गर्न रोक्नु भएन । ’
सो अवसरमा युनियनका गण्डकी अध्यक्ष नुर गुरुङ, उपाध्यक्ष शुस्मा शाह, महासचिव लक्ष्मी पौडेल लगायतले मन्तब्य राखेका थिए । सामान्य ज्ञान, नृत्य लगायतका प्रतियोगितामा उत्कृष्टहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो ।





