बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अपाङ्गताको मानवअधिकारप्रति ध्यान दिन आग्रह

अपाङ्गताको मानवअधिकारप्रति ध्यान दिन आग्रह


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७६, सोमबार

पोखरा,९ भदौ – अपाङ्गता भएका व्यक्तिको मानवअधिकार संरक्षण र संवद्र्धनमा सरोकावालाहरुले विशेष ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । स्वाबलम्बन जीवन पद्धति केन्द्रको आयोजना र जाइकाको सहयोगमा आयोजित अपाङ्गता सवालमा बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानून , त्यसको कार्यान्वयन र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले अपाङ्गताका समस्याको पहिचान र समाधानमा विशेष पहल नभएको गुनासो गरे ।विशेष गरी बौद्धिक अपाङ्गता भएकाहरुको सवालमा सहभागिहरुले धेरै प्रश्न उठाएका थिए । बौद्धिक अपाङ्गता भएकाहरुको परिक्षण वैज्ञानिक हुन नसक्नु र सामान्य प्रश्नका आधारमा हुने परीक्षणले अपाङ्गताको अवस्थालाई उजागार गर्ने नसकेको सहभागिहरुले बताए । पहुँचयुक्त पूर्वाधारको अभाव र सकारात्मक दृष्टिकोणको अभावले अपाङ्गता भएका व्यक्तिको मानवअधिकारलाई कुण्ठित गरिरहेको सहभागीको भनाइ थियो ।
सहभागिहरुले अपाङ्गताका सवाल बनेका नीति नियम पूर्णतः कार्यान्वयन नहुँदा अधिकार कागजमा मात्र सीमित भएको गुनासो गरे । सामाजिक संरचना भन्दा अगाडि मानवीय सोचनै अपाङ्गता भएकाहरुको लागि बाधक भएको उनीहरुको भनाई थियो ।कार्यक्रममा स्वाबलम्बन जीवन पद्धतिका अध्यक्ष हेम गुरुङ, महासचिव अञ्जना केसीले राष्ट्रिय अन्तर्राष्ट्रिय काुनन र कार्यान्वयनको विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा स्वावलम्बन जीवन पद्धतिक एवं जाइका प्रतिनिधि जापानी नागरिक टेसाइ सुफान इकेदा, निशिहारा हायासाले अपाङ्गताको समस्या र भोगाइ उस्तै भए पनि जापानमा राज्यले उनीहरुको मानवअधिकार प्रति संवेदनशीलता अपनाएर काम गरेको जानकारी दिए । सोही अवसरमा अपाङ्गता भएकाहरुका आवाज मिडिया मार्फत उजागार गरेको भन्दै राससकर्मी जमुना वर्षा शर्मा र अपाङ्ग मैत्री भौतिक संरचना निर्माण गरेको भन्दै मिड टाउन ग्यालरीका संचालक उत्तम द्धालाई कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->