बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मिस गण्डकीको अडिसन चल्दै

मिस गण्डकीको अडिसन चल्दै


  • Dhorpatan News
  • भाद्र ९ २०७६, सोमबार

पोखरा,९ भदौ – छैटौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को अडिसन पोखरामा सम्पन्न भएको छ । एसटी क्रिएशन म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगितामा कुल २० जना मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनौट हुनेछन् । पहिलो र दोस्रो अडिसनबाट १८ जना छनौट भइसकेका छन् । छनौट भएकाहरुलाई प्रतियोगिताको प्रशिक्षणका लागि भदौ १२ गतेबाट सहभागी गराइने एसटी क्रियशनका निर्देशक इनिशा दुरा मगरले जानकारी दिएकी छिन् । दोस्रो अडिसनको निर्णायकमा मिस ट्राभल थर्टीसिक्सका म्यानेजिङ्ग डिरेक्टर, हेली एयर नेपालका डिरेक्टर तथा मोटिभेटर रिजन रिजाल, मिस गण्डकीका प्रमुख सल्लाहकार तथा डाफेँ होटल प्रालिका सञ्चालक बिनोद भुजेल, मिस गण्डकी सिजन ५ की फस्ट रनरअप स्नेहा गुरुङ, सेकेण्ड रनरअप प्रकृति श्रेष्ठ र एसटी क्रियशनका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर सुरज थापा लगायत रहेका थिए । करिब एक महिनासम्म चल्ने विभिन्न प्रशिक्षणबाट सहभागीहरुले आत्मविश्वास, सामाजिक उत्तरदायित्व, व्यक्तित्व तथा नेतृत्व विकास, बोल्ने कला पनि सिक्नेछन् ।
प्रतियोगिताको विजेता उपाधीको क्राउन सहित स्कुटर प्राप्त गर्ने छन् । त्यस्तै फस्ट रनरअपले नगद ७० हजार, सेकेण्ड रनरअपले नगद ५० हजार र थर्ड रनरअपले नगद २५ हजार सहित अन्य उपहार प्राप्त गर्ने प्रबन्ध निर्देशक थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->