बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सांसद केसीद्वारा सुप्रेम शारदा पत्रकार पुरस्कार घोषणा

सांसद केसीद्वारा सुप्रेम शारदा पत्रकार पुरस्कार घोषणा


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७६, सोमबार

पोखरा, ९ भदौ –  पोखरामा पत्रकारहरुको लागि अर्को एउटा पुरस्कार स्थापना गरिएको छ । संघीय संसदका सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीले आइतबार ‘सुप्रेम शारदा पत्रकार पुरस्कार’ घोषणा गरेपछि पोखराको पत्रकारितामा पुरस्कार थपिएको हो ।
उद्योगपति समेत रहेका उनले आफ्नी बहिनी सारदा केसी रोकाहाको स्मृतिमा आफू र आफ्नी धर्मपत्नीको नामसमेत अगाडि जोडेर ६ लाख रुपैयाँको अक्षयकोष घोषणा गरेका हुन् । सोही कोषको ब्याजबाट हरेक वर्ष गण्डकी प्रदेशमा कार्यरत पत्रकार महिलालाई विशेष प्राथमिकता दिने गरी पुरस्कार प्रदान गरियोस् भन्ने केसीको चाहना रहेको छ । ५१ हजार रुपैयाँ राशीको यो पुरस्कारको संचालन प्रेस युनियक कास्कीले गर्नेछ । सुरुको वर्ष पत्रकार महिलालाई नै यो पुरस्कार प्रदान गरिनुपर्ने बताउँदै त्यसपछिका वर्षहरुमा भने त्यो प्रावधान बाध्यकारी नहुने उनले बताए । पुरस्कारको संस्थापक तथा संरक्षक स्वयं सूर्यबहादुर केसी रहनेछन् । पत्रकारमैत्री समेत भनी चिनिने समाजसेवी केसी आफूलाई दिनमै आनन्द लाग्ने बताए । उनले पुरस्कार वितरणमा जात, धर्म, लिङ्ग, आस्थाका आधारमा विभेद नगर्न सुझाव समेत दिए ।
उद्योगपति केसीले आफ्ना पिता किर्तिबहादुरको नाममा पत्रकार महासंघ कास्कीले संचालन गर्ने गरी कीर्ति स्मृति पत्रकारिता सम्मानको लागि ११ लाख प्रदान गरिसकेका छन् । उनले आउँदो दशैँमा देशभरका पत्रकारहरुको उपचारको लागि एक उपचार कोषको घोषणा गर्ने उद्घोष पनि गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->