शालिकरामको घटना पछि अहिले सामाजिक संजालमा आफ्नो आफ्नो मत राख्नेहरू घेरै छन्। यसरी विचार राख्नेमा अधिकांश सर्व साधारण हुन जसलाई यो मुद्धामा आफ्नो स्वार्थ केही छैन केवल यो प्रकरणमा निर्दोष नफसोस् भन्ने छ। तर यो घटना पछि निकै सिमित पत्रकार जसलाई समाज र संजालले ठूलोको संज्ञा दिएकोछ।उनीहरू भने मनौ छन्। पत्रकार मात्र होईन ठूला भनिएका पत्रिका पनि मौन छन्। यसरी किन मौन छन् त भन्दा तर्क छ अदालतमा बिचाराधीन मुद्धामा बोल्नु ठीक छैन भन्छन्। सुन्दा निकै आनन्द लाग्ने र पवित्र बचन नै हो तर के यो भनाईमा सत्यता छ वा नबोल्नु भित्र के छ यो पनि बहसको बिषय हुन सक्छ। अहिले जे जति बाहिर आएका छन् रबीका बारेमा यूटुबरहरू र संजालमा पहुँच हुनेहरूले गरेका छन्। तर अदालतलाई प्रभाव नपर्ने गरी विचार राख्न पाउँछन् कि पाउँदैनन त ? कानुनमा पनि उल्लेख गरेको छ कि विचाराधीन मुद्धामा बोल्नु हुन्न। तर यसको समानता केवल घटना र व्यक्ति हेरेर मात्र गर्ने नेपाली समाज छ।
बिबिसी नेपाली सेवाको एक अन्तरवार्तामा समाजशास्त्री चैतन्य मिश्रले नेपालीहरु भावनामा बहने गरेको भन्नु भएकोछ। साथै यो प्रवृती केवल नेपाली समाजमा मात्रै नभई यूरोप देखी अमेरिका सम्मका घटनाले देखाएको लेख्नु भएकोछ। समाज बिश्लेषणमा अब्बल मानिने मिश्रका तर्कमा यहाँ कुर्त गर्न चाहन्छ तर यो बहकिने कुरा केवल साना मान्छेहरू अर्थात् भुईँ मान्छेहरू जुन यो समाजले दिएको बर्गमा मात्र सिमित छैन। चैतन्य मिश्रले यो पनि भन्नु भएकोछ कि जब राज्य कमजोर हुन्छ यो प्रवृति हावी हुन्छ। संजालले ल्याएको उलथपुथलका बारेमा अरब स्प्रीङ एउटा उदाहरण हो तर सबै संप्रेसित कुरा तथ्यमा आधारित हुन्छन् भन्ने छैन। कतिपय मानिसहरू जो शालिकराम काण्डमा मुछिएका छन् उनीहरू नै टेलिभिजनमा अन्तरवार्ता दिईरहेका छन् भने कतिपयले लेख्न गरेका छन्। अहिले डिसी नेपालका पत्रकार टेकनारायण भट्टराईले चितवन हिरासतमा पुगेर रबी लामिछाने सगँ लिएको अडियो अन्तरवार्ता बाहिर आएकोछ।
कतिपयले उनले गरेको काम पत्रकारिता विपरित छ भनेका छन् भने यसले अनुसन्धानलाई असर पार्छ भनिएकोछ। तर यति भन्दै गर्दा कुनै व्यक्तिको झुडिएर मृत्यु भएकोछ र त्यो प्रहरी केश हुने शतप्रतिशत थाहा हुँदै गर्दा प्रेस काउन्सिल जस्तो मर्यादित ठाउँमा बसेर संजालमा भिडियो हाल्ने किशोर श्रेष्ठले कति जायज गरे त ? यसले अदालतलाई प्रभावित गर्दैन त ?अदालतमा विचाराधीन मुद्धामा चितवनमा प्रदर्शन भएको होईन ।कुनै व्यक्तिलाई समातिए पछि निश्चित म्याद भित्र अदालत पुर्याउन आवश्यक समय जुन तोकिएको छ त्यसलाई वेवास्ता गरी गरिएको थुनाको थियो। रबी लामिछानेका बारेमा धेरै टिप्पणी,समर्थन र बिरोध आईरहेका बेला पत्रकार जनक सापकोटाले कान्तिपुरमा यो मुद्धाकी एक आरोपित अस्मिता र शालिकराम बीचका भित्री सम्बन्धलाई उजागर गर्ने गरी लेख लेखेका छन् ।कतिपय यसरी भित्री कुरा संजालमा ल्याउन हुन्थेन भनि राखेका छन्। जब मुद्धा सार्वजनिक व्यक्ति सगँ जोडिन्छ त्यो मेसेज होईन थप धेरै बाहिर आउँछन्। विलकलिन्ट सगँ मोनीका लेबन्स्की जोडिए पछि त्यहाँ मेसेज मात्रै बाहिर आएन। अतः आउने कुरा आउँछन् तर त्यो कति हद सम्म भन्ने कुरा हुन्छ।
नेपालमा यस अगी घटेका अधिकांश घटना जुन चाहे संसदमा विचाराधीन हुन वा अदालतमा नेपालीले व्यक्ति र मुद्धाको प्रकृति हेरेर समर्थन गर्ने गरेका छन्।गत बर्षकै निर्मला काण्ड नै हेरौं। यो काण्डमा कुन जिल्ला कुन टोलमा को बोलेन तर कतिपयले भन्न सक्छन् यो घटना त्यो भन्दा फरक र गम्भीर छैन। तर यो घटनामा पनि एक महिला अस्मिता जोडिएकी छन्। उनी दोषी निर्दोष जे भए पनि सबैले न्याय पाउनु पर्छ भन्ने आवाज उनको तर्फबाट बोल्ने कोही देखिएन। त्यसैले के भन्न खोजेको हो भने विचाराधीन मुद्धा भनेर नबोलेको की नबलेको आगो भएर नतापेको ? यो पटक किन उठेन त पक्कै पनि यहाँ भय छ वा केही हात नलाग्ने अर्थात् आफ्नो स्वार्थ पुरा हुने कुरा छैन। अदालतमा बिचारराधीन मुद्धामा बोल्न नपाईने होईन निर्णयलाई प्रभाव पार्ने गरी नबोल्ने हो। बेलायत अमेरिकामा समेत अदालत बाहिर आफ्नो भनाई राख्छन्। जस्तो बेलायतमा टम रबिन्नसनको केश हेरे पुग्छ।जब कुनै आरोपमा समातिएको व्यक्तिलाई कानुनलाई दुरुपयोग गरेर राखिन्छ त्यस पछि नागरिक आवाज उठ्नु स्वभाविक नै हो।
जब न्यायलयमा राजनैतिक भागबन्डा हुन्छ त्यहाँ जनताले न्याय पाईन्छ भन्ने कुरामा विश्वास गर्दैन। अझ कुनै पाटीको झोला नबोकेको मान्छेका सवालमा त झन जनताले शंका गर्नु स्वभाविक हो। यहाँ जनताले रबी लामिछानेका समर्थन बोलेको न्यायलय र प्रहरी प्रशासनको अविश्वासका विरुद्ध बोले त्यो बुझ्न आवश्यक छ।
जुन प्रहरी अधिकृत अनुसन्धान अधिकृत छन् र उनकै व्यवहारमा आशंका छ अनि जनताले खबरदारी गर्छन् नै । जुन प्रहरी अधिकृतको नेतृत्वमा मुद्धा चल्छ त्यो अधिकृतको बयान र बाहिर आएका प्रमाण बाझिए पछि जनताले सोध्छन् नै। प्रहरीले शालिकरामको भिडियो आँफु सगँ रहेको भन्ने फेरी बाहिर संजालमा पहिलै आउने यस्तै बाझिने कुराले नारा लागे र लाग्छन्। जब प्रहरी अधिकृत र प्रभावशाली पत्रकारहरुको बीचमा साँठगाँठ हुन्छ त्यहाँ पनि शंका पैदा हुन्छ जसको कारण जनता बोल्छन्। अदालत माथी भरोसा गरौं तर भरोसा गर्न लायक बातावरण हामीले बनाएका छौंकी छैनौं,यो नै प्रमुख प्रश्न हो।
शुशिला कार्की बिरुद्ध महाअभियोग लगाउने राजनितिक वृतले अदालतलाई कति शुद्ध रुपमा काम गर्न दिएका छन् भन्ने हो। काँग्रेसले आज रबीका पक्षमा बोल्नु भनेको हिजो शुशिला कार्की विरुद्ध लगायक पापको प्रश्चित बाहेक केही होईन तर काँग्रेसले यहाँ झण्डा बोकेर बोल्नु झनै बातावरण बिगार्नु हो। साधारण जनता आफ्नो विवेक प्रयोग गरेर शान्तिपुर्ण रुपमा अहमति मात्र होईन न्यायमा कतै कसैको प्रभाव नपरोस् भन्नु अदालतमा बहसको बिषयलाई प्रभाव पार्ने होईन। अदालतले सडकको भीड हेरेर न्याय दिने होईन त्यो पक्कै हो तर सडकमा आएका जनता जो भारी बोकेर जीवन चलाएका छन् उनिहरू आफ्नो नाम्ला बिसाएर किन आए त्यसको मनोभाव भने बुझ्नु पर्छ। अतः ठूलाबढा जो मुद्धा र व्यक्ति हेरेर बोल्छन् र भन्छन् अदालती प्रकृयामा रहेकोमा बोल्न मिल्दैन हो तिनिहरूनै यो देशको कानुन तोडमोड गर्ने ।जनता त निर्मला काण्डमा उठे,रबी काण्डमा उठे र उठ्ने छन् ।




