बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

समयअघि नै एयरपोर्टको काम सके निर्माण कम्पनीलाई रथयात्रा नै गराउने उद्घोष

समयअघि नै एयरपोर्टको काम सके निर्माण कम्पनीलाई रथयात्रा नै गराउने उद्घोष


  • Dhorpatan News
  • भाद्र ११ २०७६, बुधबार

पोखरा,११ भदौ – नागरिक उड्डयन, संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टाराईले   पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन। त्यहाँको भौतिक निर्माणको अवस्था र वित्तीय व्यवस्थापनको कुरामा उनले चासो देखाएका थिए। उनलाई विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सीएएमसीका आयोजना प्रमुख विनेश मुनाकर्मीले करिब ४५ प्रतिशत काम सकिएको र तोकिएकोभन्दा ६ महिनाअघि काम सक्ने जानकारी गराए। विमानस्थल सन् २०२१ को जुन १० तारिखमा सक्ने गरी ठेक्का सम्झौता भएको हो।

निरिक्षण पछि बोल्दै  मन्त्री भट्टराईले समयअघि काम सके निर्माण कम्पनीको सम्मानमा पोखरामा रथयात्रा नै गराउने उद्घोष गरे। गण्डकी प्रदेशकै पर्यटनको विकासमा उक्त विमानस्थल महत्वपूर्ण रहेको भन्दै मन्त्री भट्टराईले विमानस्थल निर्माण भएसँगै यस क्षेत्रको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। राष्ट्रिय गौरवको आयोजना हो, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल।

गण्डकी प्रदेशलाई बाहिरी विश्वसँग जोड्ने र यो क्षेत्रको पर्यटन प्रवद्र्धनको आधार मानिएको विमानस्थल निर्माण जोडतोडले भइरहेको छ। निर्माण सुरु भएको १९ महिनामै यसको धावनमार्ग बनिसकेको छ। विमानस्थल सन् २०११ को जुलाई १० मा सक्ने लक्ष्य राखिएको छ। अहिले विमानस्थलको रन वे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भइरहेको छ। आयोजना प्रमु्ख विनेश मुनकर्मीले तोकिएको समयभन्दा करिब ६ महिनाअघि नै यसको निर्माण सकिने अनुमान लगाएका छन्।

सन् २०१७ को नोभेम्वर महिनादेखि विमानस्थलको निर्माण सुरु भएको हो। चिनियाँ कम्पनी सीएएमसीले विमानस्थल निर्माणको जिम्मा पाएको छ। चीनको एक्जिम बैंकको २२ अर्ब ऋण सहयोगमा विमानस्थल बन्दै गरेको हो। बोइङ ७५७ र एयरबस ३२० विमान आउजाउ गर्ने यो विमानस्थलबाट यी विमानले करिब १ सय ९२ जना मान्छे उडाउँछन्। यता, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम जोडतोडले भइरहँदा यहाँबाट चीनका केही शहरमा उडान हुने पक्का भएको छ।

नेपाल र चीनबीच ८ वटा हवाई रुट प्रयोग गर्ने र हप्तामा ९८ वटासम्म उडान एक अर्को देशमा गर्न पाउने सहमतिका साथै पोखरा र गौतमबुद्ध विमानस्थलमा मात्रै हप्तामा २१ वटासम्म उडानको सम्झौतापछि पोखराबाट चीन उडानको बाटो खुलेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->