बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

२० लाख पर्यटक आउनेमा पर्यटमन्त्री ढुक्क

२० लाख पर्यटक आउनेमा पर्यटमन्त्री ढुक्क

‘नआएर पनि सरकारको दालभात रोकिन्न’


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०७६, बिहिबार

पोखरा,१२ भदौ – मन्त्री नियुक्त भएपछि पहिलोपटक पोखरा आएका पर्यटनमन्त्री योगेश भट्टराईले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को लक्ष्य पूरा नभएपनि सरकारको दालभात नरोकिने बताएका छन् । बुधबार दिउँसो पोखराका पर्यटन व्यवसायीहरुसँगको छलफलको क्रममा मन्त्री भट्टराईले उक्त अभिव्यक्ति दिएका हुन् ।
सरकारले घोषणा गरेको पर्यटन वर्ष र २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पर्यटन व्यवसायीले नै असम्भव भन्ने अभिव्यक्ति नदिन पनि उनले आग्रह गरे । सरकारले तोकेको संख्यामा पर्यटक आउँदैनन भनेर हिरो तथा नेता नबनिने उनको जवाफ थियो ।
‘एउटा कुरा भन्छु है म, पोखरेली साथीहरु । यता ध्वस्त छ, उता ध्वस्त छ, यो बिग्रियो, त्यो बिग्रियो भन्नुहुन्छ , त्यतिसाह्रो बिगे्रको चाहिँ छैन है’, उनले भने,‘ केही केही पर्यटन व्यवसायी साथीहरुको मैले स्टेटमेन्टहरु हेर्छु, टेलिभिजनमा विभिन्न ठाउँमा २०२० मा २० लाख पर्यटक आउन सम्भवै छैन्, भनेर भन्नुहुन्छ, किन भन्नुप¥यो ? त्यो भनेर के तपाई हिरो हुुनुुहुन्छ, नेता हुनुहुन्छ ?’
पर्यटन व्यवसायीले नै नकारात्मक टिप्पणी गर्दा पर्यटक आवागमनमा कमी हुने र सरकारको नभई व्यवसायीहरुकै दालभात रोकिने उनको तर्क छ । ‘तपार्ई पर्यटन व्यवसायी हुनुहुन्छ, उद्यमी हुनुहुन्छ ? अनि तपाई आफैलाई डिष्करेज गर्ने ? २० लाख नआएपनि त सरकारको मन्त्रीको दालभात चलिहाल्छ नि, तपाईको पो चल्दैन । अनि आफ्नो दालभात बन्द गर्ने स्टेटमेन्ट दिने ? के भनेको ?’ उनले थपे, ‘तपाईंहरु भन्नुस त, आफ्नै दालभात बन्द गर्ने काम, यस्ता स्टेटमेन्टहरु नदिनुस् ।’२० लाख पर्यटक भित्र्याउने लक्ष्यमा यसअघि आउने १२÷१५ लाख पर्यटकमा ५ लाख मात्र थप गरिने हुँदा कुनै ठुलो कुरा नभएको उनको भनाई छ ।
‘यहाँ धुवाँ छ, यहाँ धुलो छ, यहाँ बाटो भत्क्या छ ? कुन टुरिष्ट आउँछ ? भन्ने जस्ता कुरा….. आईराख्या छन्, त १२÷१५ लाख त । अर्को ५ लाख थप्ने भन्ने त हो नि । ठुलो कुरा ग¥या छौँ हामीले ? अर्को ५ लाख थप्ने कुरा ग¥यो हो’, उनले भने ।
पर्यटन व्यवसायीहरुलाई उनले देशको दुर्दशाको व्याख्या नगर्न पनि सुझाव दिए । ‘हामी मान्छौँ, पूर्वाधार राम्रो छैन्, यो कुरा थाहा छ नि । त्यसलाई घरमित्रै राखौँ, बाहिर नलैजाऊँ, त्यो फेसबुकमा बाटोका खाल्डो .. यसलाई महसुस गरौँ’, उनले भने, ‘अरु देशका पर्यटकलाई हाम्रो देशको दुर्दशाको व्याख्या किन गर्नु ? केही कमी छ भने सच्याउँला । अवश्य पनि विगतको भन्दा राम्रो भएको होला, बिस्तारै पनि जान्छ । हामी पनि विश्वका धेरै देश घुमेका छौँ । कुनकुन देशमा लगेज निकालेर बाहिर ट्याक्सी स्टाण्डमा आउन कति समय लाग्छ ? तपाई १५ मिनेटमा लगेज भएको ठाउँमा आउनुहुन्छ, अरु देशमा कम्तिमा ४५ मिनेट १ घण्टा लाग्छ । हामीले १५ मिनेट कुरे पनि ओहो १ घण्टा २ घण्टा भन्छौँ । अरु देशको भन्दा कम समयमा पुगिन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->