बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पुरानो टुडिँखेलमा  तीजेमेला सुरु    

पुरानो टुडिँखेलमा  तीजेमेला सुरु    


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०७६, बिहिबार

पोखरा,१२ भदौ – हाम्रो संस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा बुधवारदेखि ‘वाईवाई तीजमेला–२०७६’ सुरु भएको छ ।इन्द्रेणी एकिकृत विकास केन्द्र र पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालिको सहकार्य र चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउको मुख्य प्रायोजनमा सुरु मेला १७ भदौसम्म चल्नेछ । मेलाको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले उद्घाटन गरेका थिए ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०७६ को अवसरमा  आयोजना गरिएको मेलाको उदेश्य ऐतिहासिक महत्व बोकेको पुरानो टुँखिेलको संरक्षणसँगै संरक्षणका लागि सरोकारवाला निकायलाई दवाव सृजना गर्नु र ईन्द्रेणीले संचालन गदै आएको फुटवल एकेडेमी संचालनको लागि सहयोग जुटाउने समेत रहेको छ । एकेडेमीमा हाल ५० जना बालबालिका रहेका छन् भने उनीहरुलाई ३ जना प्रशिक्षकले प्रशिक्षण दिदै आएका छन् ।

मेला उद्घाटन हुनु पूर्व विभिन्न जातजाति, आमा समूह , संघ संस्था लगायतको सहभागितामा पुरानो टँुडिखेलवाट ¥याली सुरु भएको थियो । ¥याली सिम्पानीचोक, माछापुच्छ्रे बैक चोक, पृथ्वीनारायण क्यापस गेट, बगर, बागवजार हुदै पुनः टुँडिखेलमा आएर सम्पन्न भएको थियो ।

मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैक तथा वि     त्तीय संस्था, लत्ता कपडासँगै रेष्टुरेन्ट लगायतका गरी ६२ वटा स्टलहसँगै बाल उद्यान समेत राखिएको छ । खुल्ला मौलिक तीजगीत प्रतियोगिता, १४, १५ र १६ गते गृहणी नृत्य प्रतियोगिता, १५ भदौमा टपरी गाँस्ने प्रतियोगिता, १४ भदौमा गण्डकी प्रदेश स्तरीय छेलो प्रतियोगिता समेत हुने छ ।

मेलाको उद्घाटन पछि बोल्दै अध्यक्ष तिम्सिनाले आफू पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दाको समयको स्मरण गदै त्यस बेलाको पुरानो टुँडीखेल र हालको टुँडीखेलको अवस्थामा धेरै फरक पाएको बताए । पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष शोभा गौतमको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य दृर्गा विक, गण्डकी प्रदेश सभा सदस्यहरु दिपक कोइराला, विन्दुकुमार थापा, गायत्री गुरुङ, ईन्द्रेणीका अध्यक्ष भानुभक्त अधिकारी, संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, ईन्दे्रणीकी सचिव विनाका शर्मा, पोखरा १ की अध्यक्ष शारदा पराजुली, आमा समुह समन्वय समिति पोखरा १ की संयोजक राधा वराल अधिकारी, टोल विकास संस्था समन्वय समिति पोखरा १ का अध्यक्ष चन्द्र बहादुर गुरुङ, चौधरी ग्रुपका सिनियर माकेटिङ म्यानेजर सुरेन्द्र खनाल लगायतले आ आफनो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->