पोखरा , १२ भदौ – हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ सुरु भएको “वाईवाई तीजमेला–२०७६” मा ५२ समुहको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन १० समुहले आफ्नौ मौलिकतामा प्रस्तुती दिएको पुस्पान्जली फेसन एन्ड इभेन्टकी संयोजक शोभा गौतमले जानकारी दिईन् ।
हिजो वाट सुरु भएको मेलामा पाँच वजे सम्मका लागि भने पनि सहभागिको माग र आर्कषणले गर्दा वेलुकी साढे सात वजे सम्म संचलन हुने पनि संयोजक गौतमले जानकारी दिईन् । तिज गित वाहेकका अरु प्रतियोगिताहरु पर्सीवाट सुरु हुने छन् । मेलामा महिला म्यूजिकल चियर प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता समेत मेलामा राखिएको छ । मेलाभित्र महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, विभिन्न व्यवसायिक स्टलहरु र मनोरञ्जनको निम्ति बाल उद्यानको समेत व्यवस्था गरिएको छ भने मेलालाई थप मनोरञ्जन प्रदान गर्न राष्ट्रिय स्तरका कलाकारहरुको पनि विशेष प्रस्तुती रहेको छ । आज जिवन दाहल र पोखरेली माग्ने बुढा र धुर्मुसको विशेष प्रस्तुती रहेको थियो । मेलामा भोली सर्मिला गुरुङ्गको प्रस्तुती रहेने पनि संयोजक गौतमले जानकारी दिईन् ।
यसका अलावा मेलामा हेल्दी होम खुल्ला मौलिक तीजगीत प्रतियोगिता हुने र प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार एक सय एक , द्वितीयले २० हजार एक सय एक , तृतीयले १० हजार एक सय एक , सान्त्वनाले ५ हजार सगै उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यले २÷२ हजार नगद पुरस्कार पाउनेछन् । यसै गरि प्रभु बैंक गृहणी नृत्य प्रतियोगितामा प्रथम हुनेले १०१०१, द्वितीयले ७१०१, तृतीयले ५१०१ र सान्त्वना हुनेले नगद २÷२ हजार पुरस्कार पाउनेछन । मेलामा पोखरा पिजा टपरि गास्ने प्रतियोगिता समेत हुने भएको छ ।
त्यसै गरि हराउदै गएको छेलो खेल संरक्षण गर्ने उदेश्य सहित मेलामा गण्डकी प्रदेश स्तरिय सल्युट गोर्खा छेलो प्रतियोगिता समेत हुने भएको छ । मेला अन्र्तगत १४ भदौमा हुने प्रतियोगिताको विजेताले ११ हजार एक सय एक, उपविजेताले ६ हजार एक सय एक र तेस्रोहुनेले नगद ३ हजार एक सय एक रुपैया पुरस्कार पाउनेछन ।
मेलाको मुख्य प्रायोजकमा वाइवाइ चाउचाउ , प्रायोजकमा सर्बोतम सिमेन्ट , सिक्नेचर र हरपल चामल , अफिसियल बैकीङ पार्टनरमा प्रभु बैंक , सह–प्रायोजकमा नेपाल टेलिकम , नेपाल आइस बियर र कुन्दन तेल , उप–प्रायोजकमा बिग मास्टर वाइन , सिद्धार्थ इन्स्योरेन्स र पिसा आटा , प्रबर्द्धकमा आकृती एड्भटाइजिङ , पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड , सहयोगीहरुमा नारायणी स्टिल, हेल्दी होम , द बर्गर हाउस , अन्नपूर्ण केवलकार , रियो जुस , कमल सुनचादी , एनबिजेके सप्लायर्स , कल्चर रिसोर्ट , होटल बाराही , सल्युट गोर्खा ट्रेनीङ सेन्टर , कुइक्स चिजवल्स र पोखरा पिजा हाउस रहेको संयोजक शोभा गौतमले जानकारी दिइन ।





