बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ढिकुरपोखरीमा तीजमेला ,दोविल्ला र हेमजा युनाईटेडको बिजयी सुरुवात

ढिकुरपोखरीमा तीजमेला ,दोविल्ला र हेमजा युनाईटेडको बिजयी सुरुवात


  • Dhorpatan News
  • भाद्र १४ २०७६, शनिबार

पोखरा, १४भदौ – ढिकुरपोखरीमा यस वर्षको तीजमेला शुक्रवार(आज)बाट सुरु भएको छ ।मेलाको प्रमुख आकर्षणका रुपमा रहेको खुल्ला नकआउट फुटवल प्रतियोगिता सुरु भएको हो।शुक्रवार दुई खेल भएकोमा दुवै खेल १–१ को वरावरीमा ट्राइवेकरमा पुगेका थिए।श्रृङखला एफसी भलाम र दोविल्ला एफसी पोखरा बीच भएको पहिलो खेल ट्राइवेकरमा ३–१ गोलअन्तरले दोविल्ला एफसी विजयी बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।त्यस्तै फेदी एफसी(बेल्लीज) र हेमजा युनाईटेड बीच भएको दोस्रो खेल ५–४ गोलअन्तरले युनाईटेडले कब्जामा लिन सफल भयो ।मेलाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले ढिकुरपोखरी तीजमेलाको पुरानो इतिहास रहेको चर्चा गर्दै खेलमैदान स्तरउन्नतीका लागि मैदानको उत्तरपट्टी रहेका २१ घरघडेरीलाई उचित मुआब्जा दिई मैदान चक्लाबन्दी गर्नुपर्ने बताए ।अध्यक्ष कुँवरले उचित मुआब्जा दिएको खण्डमा घरजग्गा धनीले पनि मैदान स्तरउन्नतीमा सघाउनु पर्ने धारणा राखे।त्यसपछि सो मैदान गण्डकी प्रदेशकै नमूना बन्ने उनको ठहर थियो। गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले अन्नपूर्णको विशेष कार्यक्रमका रुपमा ढिकुरपोखरी तीजमेला रहेको धारणा राखिन् ।सामाजिक विकासका लागि महिला, पुरुष दुवैको विकास हुनुपर्ने भन्दै उपाध्यक्ष गुरुङले स्वाथ्यका लागि पनि खेलकुद महत्वपूर्ण रहने भनाई राखिन्।

मेला अन्र्तगत फुटबलका अलवा तीजगीत प्रतियोगिता, घैटो फुटाउने, रस्साकसी, छेलो हान्ने लगायतका प्रतियोगिता पनि हुँदैछन् ।त्यस्तै सांस्कृतिक कार्यक्रम, समाजसेवीलाई सम्मान तथा बाल उद्यान पनि रहेको संजालले जनाएको छ।शनिवारको पहिलो खेल आयोजक ढिकुरपोखरी युवा संजाल १६ वर्षमुनीको र भदौरे एफसी बीच विहान ११ बजेदेखि हुने जनाइएको छ ।मेला यहि भदौं १७ गतेसम्म चल्नेछ। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माद्वारा मेलाको समापन गर्ने कार्यक्रम पनि तय भएको छ।मेला संयोजक विकास गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथी सत्कार उपसमिति संयोजक युवराज गुरुङले स्वागत तथा संजालका महासचिव दिल जिसीले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->