बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जलारीको आम्दानी लोभलाग्दो

जलारीको आम्दानी लोभलाग्दो


  • दुर्गा भण्डारी
  • साउन १६ २०७६, बिहिबार

पोखरा, १६ साउन – पोखरा महानगरपालिका वडा नं ३१ माझीकुनाका महेन्द्र जलारी बर्षौ देखि माछामा आश्रित छन् । माछाबाटै गुजारा चलाउने परम्परागत पेशा अंगाल्दै आएका उनि मात्रै होईन ४२ घरपरिवार जलारी छन् । उनका बुवा र हजुरबुवाले पनि माछामै जिवन गुजारेका थिए । उनिहरुको माछा मार्ने र बिक्री गर्ने दिनचर्या बनेको छ । बिहान ४ बजे उठ्ने र माछा संकल गर्ने अनि वरपरका रेष्टुरेन्टमा बिक्री गर्ने । माछाका पारखी स्थानिय र बिदेशी पर्यटकको माग अनुसार माछा पु¥याउन सकिरहेका छैनन । महेन्द्र जलारीले जलारी समुदायको नेतृत्व समेत गर्छन् । उनिहरुले आफ्नो बाबु बाजेले गरेको पेशा कुनै हालतमा पनि छोड्न चाहादैनन् ।

माछा मार्ने पेशामा आश्रित ४२ जलारी परिवारको यसरी नै चलेको छ जीवन । उनिहरु यो पेशालाई राम्रो र सुखका काम मानेका छन् । ४० बर्षिय महेन्द्र जलारी भन्छन् “हामीलाई यो ठाउ ईश्वरको बर्दान जस्तै भएको छ । कुनै दुःख छैन जति माछा निकाल्न सक्यो त्यति नै बिक्री हुन्छ ।” उनि पूर्ण रुपमा सन्तुष्ट छन् ।

अहिले मुलुकले बेरोजगारी समस्या भोग्नु परेको छ । रोजगारीका लागि धेरै युवा बिदेश जानु परेको अवस्था छ । कतिपय युवाहरु परम्परागत पेशा छाडेर बिदेशी भूमिमा कष्टकर जिवन जिउन समेत बाध्य छन् । जलारी समुदायले निरन्तरता दिदै आएको यस पेशाबाट, रोजगारीको अभावमा बिदेश जान नपर्ने देखिन्छ । परम्परागत पेशाबाट पनि रोजगारी श्रृजना गर्न सकिन्छ । गुजारा चलाउनकै लागि बिदेशनु पर्दैन भन्ने यसले संकेत पनि गर्छ ।

जलारी समुदायले पहिला माछा मारेर खुद्रा बिक्री गर्ने गर्दर्थे । स्थानिय रुपमा खुद्रा बिक्री गर्दा उनिहरुलाई असजिलो भयो । महेन्द्र जलारी लगायत थुप्रैले एकमुष्ट रुपमा माछा संकलन केन्द्रमा मार्फत बिक्री गर्ने योजना बनाएका थिए । लामो संर्घष पछि मत्छ्य ब्यापार केन्द्र मार्फत उनिहरुको माछा बिक्रि हुने गरेको छ । बिहान ५ बजेदेखि जाल हाल्न थाल्छन् । दिनको ३ घण्टा मात्रै समय दिंदा उनिहरुले महिनाको ५० हजारको हाराहारीमा माछाबाट आम्दानी गर्छन् ।

३५ बर्षकी रेखा जलारी बिहान ५ बजे उठ्छिन् । जाल हालेर ३ सय केजी माछा बनाउछिन् । उनले महिनाको ५० हजार भन्दा बढी माछाबाट आम्दानी गर्छिन् । कहिलेकाही बाढी आएको बेला र ठूलो पानी पर्दा मात्रै डर लाग्छ उनलाई । तालको माछा मार्दा मार्दै उनि पौडी खेल्न पनि पोख्त भईन । रेखा जस्तै दर्जर्नौ महिलाहरु छन् । जस्ले परिवार पाल्नका लागि माछा संकलन गर्दै आएका छन् । परिवारको आम्दानी बढाउन महिलाहरु पनि परम्परागत पेशामा आवद्ध छन् । माछाबाट उनले दुई छोरा छोरीलाई पढाउने र उनिहरुको आवश्यक्ता पुरा गर्ने गरेकी छिन् । पति पत्नी दुवैले माछा संकलन गर्ने गरेका छन् । उनिहरुको आम्दानी कुनै कार्यालयको हाकिमको भन्दा कम छैन दुवैको । सिप र जागरलाई निरन्तरता दिए पछि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने देखिएको छ ।

राजेन्द्र जलारी बेगनास ताल फिसेरी एसोशिएसनका अध्यक्ष पनि हुन् उनको दिनचर्या पनि बिहानै उठ्ने माछा संकलन केन्द्रमा पु¥याउने । संकलन केन्द्रमा माछा पु¥याउने काममा राजेन्द्रको महत्वपूर्ण योगदान रहेको छ । तर अझै पनि माझीकुनाका जलारीहरु आफुलाई ठगिएको महसुस गरेका छन् । उनिहरुले संकलित माछाको दरभाउ कम भएको गुनासो गर्छन् । राजेन्द्र भन्छन् “यो पेशा कुनै एकका लागि मात्रै नभई सबै समुदायका लागि भएको छ । तर भने जति मूल्य भने पाईएको छैन । ” माझीकुना, बेगनासको पूर्वी कुना हो । जहाका जलारी समुदायको पुर्खौली पेशा माछा संकलन हो । जसबाट उनिहरुको जिवन चलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->