बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मुख्यमन्त्रीज्यू,पोखरा बसपार्क कहिले बन्छ ?

मुख्यमन्त्रीज्यू,पोखरा बसपार्क कहिले बन्छ ?

बाग्लुङदेखि बुर्तिवाङ जाने मध्यपहाडी लोकमार्गमा काम रोकिए गुनासो


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०७६, शुक्रबार

पोखरा,१७ साउन – २०३२ सालतिर पोखरा बिस्तारै सहर बन्दै थियो । तत्कालीन राजा वीरेन्द्रका गुरु शंकरराज पाठक पोखरामा अञ्चलाधीश बनेर आए । राजाले पत्याएका मान्छे ! केही गरेर देखाउनु थियो । उनले सरकारी कार्यालयहरुको लागि जग्गा अधिग्रहण गरे । रंगशाला, औद्यागिक क्षेत्र, बसपार्कलगायतका संरचनाको लागि जग्गा व्यवस्थापन उनले नै गरे । पोखराको न्यूरोडको खाका पनि उनले नै कोरे । ३२ सालमा अधिग्रहण गरिएको जग्गामा बल्ल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । तर, उनकै पालामा अधिग्रहण गरिएको पोखरा बसपार्कको जग्गा भने अहिले पनि ‘भेँडाको मासु’ बनेको छ ।
२०३२ सालमा बसपार्कको लागि अधिग्रहण भएको २ सय ५ रोपनी जग्गा अहिले ८१ रोपनीमा खुम्चिएको छ । सुकुम्बासीको नाममा भएको जग्गा कब्जा, सेती नदीका कारण ६५ रोपनी जग्गामा चिरा पर्दा, पृथ्वी राजमार्गले निर्माण तथा अधिग्रहण गरिएको जग्गाको मुआब्जास्वरुप झण्डै ४० रोपनी जग्गा नै मुआब्जा दिँदा यो अवस्था आएको हो । समयमै बसपार्क नबन्दा प्रस्तावित बसपार्क क्षेत्रमा सुकुम्बासीको नाममा झण्डै ५ सयजति घरधुरी निर्माण भएका छन् । २०३२ सालमा अधिग्रहण गरिएको जग्गाको २०६० सालमा मुआब्जा वितरण गरिँदा जग्गाधनीसँग २ रोपनी बराबर एक घडेरी दिने सम्झौता गरिएको थियो ।
यतिका वर्ष बिते । बसपार्क राजनीतिक दलको विकासे एजेण्डा बन्यो । तर, बसपार्क अहिलेसम्म पनि बन्न सकेको छैन । बसपार्कको विकासे मुद्दालाई दलहरुले छाडेका त छैनन् तर बसपार्क बन्ने सुरसार छैन । यस्तैमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग जनताले बसपार्क कहिले बन्छ भन्ने प्रश्न सोधेका छन् । प्रदेशले सञ्चालनमा ल्याएको हेलो मुख्यमन्त्री कार्यक्रममा फोन मार्फत पोखरा न्यूरोडका भानु पाण्डेले ‘बसपार्क कहिले सुधार हुन्छ ?’ भनी प्रश्न गरे । बसपार्ककै कारणले पर्यटकमा नकरात्मक सन्देश गएको र बसपार्क व्यवस्थित नहँुदा राजमार्गमा बढी भीडभाड भएको भन्दै उनले यसतर्फ मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा मुख्यमन्त्री गुरुङले महानगरपालिकाको मेयरसँग आफ्नो यसबारेमा छलफल भएको र प्रदेशको सहयोगमा महानगरले यसको सुधार गर्ने जानकारी दिए ।उनले बसपार्कको जग्गा अव्यवस्थित बसोबासको नाममा अतिक्रमण परेकोले यसमा केही ढिलाई हुनसक्ने समेत बताए । उनले त्यहाँ रहेका बस्तीको विषयमा आफुहरुले विकल्प सोचिरहेको बताउँदै यसमा प्रदेशको सरकारको चासो रहेको बताए । मुख्यमन्त्री गुरुङले बस्ती व्यवस्थित भएपछि संघ सरकारसँग समपूरक अनुदानको बजेट ल्याएर बसपार्क व्यवस्थित गर्न सकिने विकल्प आफुहरुसंग रहेको जानकारी दिए ।
बुधबारकै कार्यक्रममा मुख्यमन्त्रीलाई बाग्लुङदेखि बुर्तिवाङ जाने मध्यपहाडी लोकमार्गमा काम रोकिए गुनासो गरेका थिए । बाग्लुङबाट खिमानन्द कँडेलले सो क्षेत्रको २० किलोमिटर निर्माण कार्य रोकिएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा मुख्यमन्त्रीले सम्वन्धित निर्माण कम्पनीसँग आफुले कुरा गर्ने बताएका थिए । नवलपुरबाट गोकुल रिमालले मध्यविन्दु जिल्ला अस्पतालको प्रमुखमा नियुक्त गरेको व्यक्ति निजी अस्पताल सञ्चालक भएको भन्दै यसमा यसले स्वास्थ्य सेवा प्रवाहमा प्रभाव पर्न सक्ने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री गुरुङले जवाफमा गुड फेथको आधारमा नियुक्त दिइएको भन्दै केही महिनामा उहाको कामलाई हेर्न आग्रह गरे । १०९४ नम्वरमा फोन गरेको गण्डकी प्रदेशका समास्याका बारेमा मुख्यमन्त्रीसंग जनताले आफ्नो गुनासा र समस्या प्रत्यक्ष सुनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->