बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

संक्रमणकालिन न्याय टुंगीएन

संक्रमणकालिन न्याय टुंगीएन


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७६, बुधबार

बागलुङ,२२ साउन – संक्रमणकालिन न्यायलाई टुंगोमा लैजान नसक्दा नेपालको शान्ति प्रकृया अन्यौल भएको कार्यक्रमका सहभागिले बताएका छन् ।
नागरिक आबाज र महिला शान्ति संवादले आयोजना गरेको उमन पिस टेवल २०१९ नामक छलफल कार्यक्रममा सहभागिले राज्यले अपनत्व लिएर शान्तिप्रकृयालाई टुंगोमा लैजानु पर्ने बताए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले संक्रमण काल लम्याउँदा देशकै साख गिरेको बताए । नेपालले द्वन्द्व सम्बन्धी कानून बनाएर लागू गर्न सकेमा राष्ट्रिय नेतालाई पनि सहज हुने बताए ।
कानून बनाउने र संक्रमण काल टुंगोमा नपुग्दा सेनाका अधिकृत बेलायतमा पक्राउ परेको सहभागिले बताएका थिए । कर्णेल कुमार लामा बेलायतमा पक्राउ पर्दा राष्ट्रकै बेइज्जत भएको भन्दै यस्ता घटना दोहोरिन नदिन संक्रमणकाल टुंगोमा पुग्न जरुरी भएको उनीहरुको भनाई थियो ।
द्वन्द्वपिडित जसोदा शर्माको अध्यक्षता, सावित्री खड्काको संचालन र नागरिक आबाजका कार्यक्रम व्यवस्थापक हरि धामीको स्वागतमा सम्पन्न कार्यक्रममा कुश्मा नगरपालिकाकी उपप्रमुख सीता लामिछाने सहित तालाखोला, जलजला, मंगला लगायतका गाउँपालिकाका उपप्रमुखहरु, सशष्त्र युद्दमा परिवारका सदस्य गुमाएका, बेपत्ता, घाईते हरुले संक्रमणकाल टुंगोमा पु¥याउने र सत्य जान्न पाउने अधिकारको सुरक्षामा राज्य कमजोर भएको टिप्पणी गरे । उनीहरुले न्यायको पर्खाई कहिले सम्म भनेर राज्यको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->