शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ताराखोलामा बार्षिक कार्यक्रम तथा बजेटको समिक्षा

ताराखोलामा बार्षिक कार्यक्रम तथा बजेटको समिक्षा


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७६, बिहिबार

बागलुङ, २३ साउन – ताराखोला गाँउपालिकामा बार्षिक कार्यक्रम तथा बजेटको समिक्षा बैठक सम्पन्न भएको छ । मंगलवार र वुधवार चलेको बैठकमा गाँउपालिकाले बनाएको निति तथा कार्यक्रम को वारेमा छलफल गरिएको थियो । आर्थिक बर्ष २०७५(०७६ को योजनाको प्रभाबकारी कार्यान्वयन भए नभएको र अझ बढि प्रभाबकारी बनाउनको लागी चालु आर्थिक बर्षमा कस्तो कार्ययोजना बनाउन सकिन्छ भन्न्ने विषयमा गहन छलफल गरिएको अध्यक्ष प्रकास घर्तीले बताए ।
समिक्षा बैठकमा बिषयगत शाखाका कार्यक्रम, बडा कार्यालय मार्फत सञ्चालित योजनाको बारेमा समिक्षा र आगामी कार्ययोजनाको बारेमा छलफल गरिएको गाँउपालिका अध्यक्ष घर्तिले बताए । गाँउपालिकाका योजनाको कार्यान्वयनलाई प्रभाबकारी बनाउनको लागि छलफल बढि केन्द्रित भएको प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले जानकारी दिए ।
बैठकमा गत आर्थिक वर्षमा योजना कार्यान्वयनमा देखीएका कमिकमजोरी र चालु आ.ब मा कमिकमजोरी हुन नदिने वाताबरण निर्माणको लागी जनप्रतिनिधीले उपभोक्ता समितिलाई कसरी सहजिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो । ताराखोला गाँउपालिकाले आर्थिक बर्ष २०७५(०७६ मा कुल बजेटको समानिकरण तर्फ ७५ दशमलब ६ प्रतिशत खर्च गर्न सफल भएको प्रतिबेदन समिक्षा बैठकमा प्रस्तुत गरिएको थियो । गाँउपालिकामा प्राप्त समानिकरण तर्फको १३ करोड ९२ लाख ९ हजार बजेट मध्ये १० करोड ५३ लाख ३२ हजार ८ सय ५४ रुपैया खर्च भएको सह–लेखापाल भबिलाल शर्माले जानकारी दिएका थिए ।
पुँजिगत तर्फ १० करोड ८६ हजार बजेट मध्ये गाउपालिकाले ८ करोड १ लाख ७२ हजार ९ सय ८६ रुपैया खर्च गरेको छ । यो पुँजिगत तर्फ ८० दशमलब १ प्रतिशत खर्च भएको छ । चालु तर्फको कुल ३ करोड ९१ लाख २३ हजार बजेट मध्ये २ करोड ५१ लाख ५९ हजार ८ सय ६८ रुपैया खर्च भएको छ । चालुतर्फ ६४ दशमलब ३ प्रतिशत बजेट खर्च भएको छ । समिक्षा बैठक ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्तिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->