पोखरा,२६ साउन- पखेटा नेपालको आयोजनामा पोखरामा महिलाहरुको लागि सिप तथा क्षमता अभिबृद्दी तालीम सुरु भएको छ । पोखरा उद्योग बाणिज्य संघको हलमा महिलाहरुको लागि अति आवश्यक सेनेटरी प्याड बनाउने तालिम सुरु गरेको पखेटा नेपालकी अध्यक्ष बिनु श्रेष्ठले जानकारी दिइन । महिलाहरुका लागि अति आवश्यक प्याड समन्धि ज्ञान र सीप प्रदान गरेर स्वोरोजगार बनाउने र आफ्नो दैनिक जीवनलाई सहज बनाउनको लागि तालिम आयोजना गरेका हौ ,अध्यक्ष श्रेष्ठले भनिन ।तालिममा वातावरणमैत्री ,स्वास्थ्यमैत्री र पुनः प्रयोग गर्न मिल्ने कीफायती सेनेटरी प्याड निर्माण गर्न सिकाउने उनले बताइन । तालिम ३ दिन सम्म सञ्चालन हुनेछ ।





