शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भड्किलो कार्यक्रम गरे कारबाही गर्ने

भड्किलो कार्यक्रम गरे कारबाही गर्ने


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७६, आइतबार

बागलुङ,२६ साउन –  जिल्ला प्रशासन कार्यालय बागलुङले भड्किलो हुने गरी तीज पर्व मनाएमा कारबाही गर्ने चेतावनी दिएको छ ।जिल्ला प्रशासन कार्यालय बागलुङले शुक्रवार सुचना जारी गर्दैे मौलिक परम्परा नै विग्रने गरी तीज पर्वलाई भड्किलो बनाउने, ध्वनी प्रदुषण हुने गरी होटलहरुमा कार्यक्रम गरी शान्ति सुरक्षामा चुनौति थप्ने कार्य भएमा त्यस्तो कार्यमा संलन्नलाई कारबाही गर्ने चेतावनी दिएको हो ।नेपाली महिलाहरुको महान पर्वको रुपमा रहेको तीज पछिल्लो दिनहरुमा पर्व आउन दुई साता अघिदेखि नै दर खाने नाममा उत्श्रङ्खल गतिविधिहरु गर्ने परम्पराको थालनी भएको उल्लेख गर्देै प्रशासन कार्यायलले यस्ता गतिविधिहरुका कारण मौलिक तीज पर्वको महत्व नै धरापमा परेको भन्दै यस्तो कार्य नगर्न नगराउन समेत अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीद्धारा हस्ताक्षेरित सुचनामा होटल र पाटी प्यालेसमा कार्यक्रमको आयोजना गर्ने, गर गहना प्रदर्शन गर्ने र फजुल खर्च गर्ने कार्य नगर्न आ सर्वसाधारण नेपाली नारीहरुलाई आग्रह गरिएको छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि तिज पर्वलाई भड्कीलो नबनाउन अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीद्धारा शुक्रबार जारी विज्ञप्तिमा मौलिक सामाजिक, सांस्कृतिक परम्पराको संरक्षण हुने गरि तिज मनाउन अनुरोध गरिएको छ ।दर खाने र जमघट हुने नाममा पर्व सुरु हुनु अघि देखिनै तडक भडक, महङ्गा गरगहना र कपडा सहित पार्टी प्यालेस देखि तारे होटलसम्म हुने भड्कीको प्रर्दशन, मदिरा सेवन, अश्लिल तथा विकृति मूलक गित संगितले तिजको मौलिकतामा प्रश्न उठाएको प्रशासनको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->