बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शीतलनगर टोलमा भरतराज, आमा समूहमा गंगा

शीतलनगर टोलमा भरतराज, आमा समूहमा गंगा


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७६, आइतबार

पोखरा, २६ साउन –  शीतलनगर टोल विकास संस्था पोखरा १४ को अध्यक्षमा भरतराज कार्की चयन भएका छन् । शनिबार सम्पन्न आठौं साधारणसभा तथा चौथो अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा सुशील रेग्मी, सचिवमा सुमित्रा अधिकारी घिमिरे, कोषाध्यक्षमा नरेन्द्रबाबु घिमिरे चयन भएका छन् । सदस्यहरुमा हर्कबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, खेमराज न्यौपाने, तुलबहादुर गुरुङ, अञ्जु कार्की, रिमा वि.क. र कृष्णमाया गिरी छन् ।
यसैबीच, शीतलनगर आमा समूहको अध्यक्षमा गंगा शर्मा केसी चयन भएकी छन् । शनिबार नै सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समूहको उपाध्यक्षमा कमला गिरी, सचिवमा कविता कार्की, सहसचिवमा मधुमाया लामिछाने, कोषाध्यक्षमा सुशीला बानियाँ खत्री, सहकोषाध्यक्षमा तारा थापा चयन भएका छन् । सदस्यहरुमा कल्पना न्यौपाने, अमिता गुरुङ, संगीता अधिकारी, सपना गुरुङ, दुर्गा ठकुरी गुरुङ चयन भए । अधिवेशनको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १४ का अध्यक्ष प्रेमबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->