बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जुवातास नियन्त्रणको अभियानमा कास्की प्रहरी

जुवातास नियन्त्रणको अभियानमा कास्की प्रहरी

दुई दिनमा ३४ जना पक्राऊ


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७६, आइतबार

पोखरा,२६ साउन – जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । प्रहरीले शनिवार र आइतवार पोखराका ४ स्थानबाट २ लाख २१ हजार ९ सय ९ नगद सहित जुवा खेल्ने ३४ व्यक्तिलाई पक्राऊ गरेको छ । प्रहरीले शनिवार पोखरा महानगरपालिका ५ पर्याङ स्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठामा अबैध रुपमा जुवातास खेलेको अवस्थामा डेरावाल कमला रानाभाट सहित ८ जनालाई १ लाख २१ हजार १ सय ४० सहित पक्राऊ गरेको थियो ।
शनिवारनै महानगरपालिका बडा नं ८ नागढुगा स्थित बालकृष्ण शर्माले संचालन गरेको होटलको तेस्रो तल्लामा तास खेलिरहेको अवस्थामा जुवातास खेलाउने होटल मालिक बालकृष्ण शर्मा सहित ७ जनालाई नगद रु ६२ हजार ८ सय ३५ रुपैयाँ सहित पक्राऊ गरेको थियो । जुवातास नियन्त्रण अभियानमा जुटेको कास्की प्रहरीको अभियानले आइतवार पनि निरन्तरता पायो । पोखरा महानगरपालिका वडा नं ३२ झैरीचोक स्थित रामराज पौडेलको गोठमा तास खेलिरहेको अवस्थामा तास खेलाउने रामराज पौडेल सहित ११ जनालाई नियन्त्रणमा लिएको छ ।उनिहरुको साथबाट ३३ हजार ८ सय १५ बरामद गरेको प्रहरीले जनाएको छ ।
आइतवारनै पोखरा महानगरपालिका वडा नं १६ दिप स्थित दुर्गा घलेको घरमा तास खेलिरहेको अवस्थामा घरधनि दुर्गा घले सहित ८ जनालाई २५ हजार २ सय सहित पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राऊ परेकाहरुलाई जुवा मुद्धा अन्तरगत म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गणेश सुबेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->