बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लायन्स क्लव अफ पोखरा चौतारीेद्धारा शैक्षिक सामग्री सहयोग

लायन्स क्लव अफ पोखरा चौतारीेद्धारा शैक्षिक सामग्री सहयोग


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०७६, सोमबार

पोखरा,२७ साउन – लायन्स क्लव अफ पोखरा चौतारीेले पोखराको काहुँडाँडास्थि काहुँ आधारभूत विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोषाक एवं खेलकुद सामग्री सहयोग गरेको छ । करिब ६० जना विद्यार्थी रहेको सो विद्यालय समुदायमा आधारित विद्यालय हो । लायन्स क्लव अफ पोखरा ३२५ बि का डिष्टिक गर्भनर इन्दु लम्लासले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै थप एक थान ल्यापटप आफ्नैं खर्चबाट प्रदान गर्ने प्रतिवद्धतासमेत जाहेर गरे । उनले शिक्षाको विकास विना मुलुकको विकास सम्भव नभएकाले लायन्स क्लवले शिक्षा र स्वास्थ्यमा जोड दिंदै आएको बताए ।त्यसैगरि वडा नम्बर ११ का अध्यक्ष मोहन बाँस्तोलाले सामुदायिक विद्यालयलाई हेर्ने सरकारी दृष्टिकोण फरक हुनुपर्ने बताउँदै आफ्नों वडामा रहेका ४ वटा सामुदायिक विद्यालयलाई वडाले समानुपातिक ढंगबाट बजेट विनियोजन गरि शिक्षामा सुधार ल्याउने पहल गरेको बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगराज बाँस्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डिष्टिक प्रथम भाइस डिष्टिक गर्भनर मनबहादुर रोक्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ बस्नेत, लगायतले सामुदायिक विद्यालय र शिक्षाको गुणस्तरको बारेमा बोलेका थिए ।लायन्स क्लवका एवोजी समेत रहेका बस्नेतले सो विद्यालय संचालनका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन । अहिले लायन्स क्लवकै सहयोग हुँदै गएपछि विद्यायमा आउने विद्यार्थीसंख्या पनि बढ्दै गएको र नियमित उपस्थित हुन लागको प्रअ आचार्यको भनाई छ । कार्यक्रममा लायन्स क्लव ३२५ बि का द्धितिय भाइस गर्भनर विश्वेश्वर आचार्य, क्लवका पूर्वाध्यक्षहरु लगायतले विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->