पोखरा, १५ भदौ – गण्डकी प्रदेशका उपसभामुख श्रीजना शर्माले धर्म संस्कृति एउटै भए भने पूर्वको बिषेश पहिचान हुनु पर्नेमा जोड दिएकी छन् । पूर्वाञ्चल सेवा समाजले तीजको अवसर पारेर शनिबार पोखराको पूर्वाञ्चल पार्कमा आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै उपसभामुख शर्माले पूर्बेलीहरुले नयां संस्कृति बसाल्नु पर्ने बताईन् उनले भनिन् ‘टाढाबाट घर इष्टमित्र छोडेर आएका चेलीहरुलाई पूर्वेली दाजुभाईहरुले दर खुवाए जस्तै तिहारको टीका पनि दिदीबहिनीहरुको पहलमा होस ।’ महिलाहरु पनि भाईतिलाई तिहारमा टीका लगाउन तत्पर हुनु पर्नेमा जो दिदै उनले भनिन् ‘जुन सुकै जाती भाषा र बर्गका भए पनि पूवेर्लीहरुमा आत्मीयता हुनु पर्छ ।’
कार्यक्रममा पोखरामहानगरपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र बरालले पूर्वाञ्चल सेवा समाजले छुटै पहिचान बनाएको बताए । सो अवसरमा उनले पूर्वाञ्चल सेवा समाजलाइ सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा पूर्वाञ्चल सेवा समाजका संस्थापक अध्यक्ष ओमबिक्रम ओझाले पूर्वाञ्चल सेवा समाजले बिगतमा धेरै महत्वपूर्ण र समाजसेवाको काम गरेको बताए । ‘अझै पनि संस्थालाई चलायमान बनाउन सकिन्छ । तीज दर खाने कार्यक्रम पनि त्यसैको निरन्तरता हो । ’ उनले भने । अध्यक्ष गोपाल खड्काले पूर्वाञ्चल सेवाले माइति टाढा भएका चेलीहरुलाई माईतिको अनुभूति गरेको बताए । सो अवसरमा कालिका गण मालेपाटनका डीएसपी काजी राईले पूर्वाञ्चल सेवा समाजले तीजको उत्सवले सबैमा उमंग ल्याएको बताए । सो अवसरमा पूर्वाञ्चल सेवा समाजका प्रथम उपाध्यक्ष बालकुमार खड्का, सचिव मिलन दुलाल लगायतले बोलेका थिए ।
पूर्वाञ्चल सेवा समाज बिगत २० बर्ष अघि देखि दर्ता भई बिभिन्न गतिबिधीहरु गर्दै आएको छ । पूर्वबाट आई पोखरामा बसोबास गर्नेहरुका लागि यो समाज लोेकप्रिय र बिभिन्न बिपत्तीका बेला आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै आएको छ ।





