पोखरा, १५ भदौ – गण्डकी प्रदेश सभा सदस्य मिना गुरङ ले हेम्जाले तीज गित प्रतियोगिता आलु महोत्सव मात्रै होईन आफ्नो उत्पादनलाई अन्तराष्ट्रिय स्तर सम्म चिनाउने सम्मको पहल गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले हेम्जालाई कृषि र पर्यटनको शहर भनेर चिनाउन अर्गानिक खेती गर्नुपर्ने र सम्पूर्ण महिलाहरु आयआर्जसंग जोडिनु पर्ने बताईन् । रेडियो हेम्जाले आयोजना शनिबार गरेको हेम्जा तीज गित महोत्सव र तथा बिबिध सांस्कृति कार्यक्रममा बोल्दै सांसद गुरङले भनिन् ‘मुख्यमंत्री कृषि आयोजनाको लाभ हेम्जाबासीले लिनुपर्छ, हामी प्रत्येक महिलाहरु उत्पादनसंग जोडिनु पर्छ कृषिलाई ब्यावसायीकिकरण गर्नुपर्छ । ’ सो अवसरमा पोखरा महानगरपालिका वडा नं २५ का अध्यक्ष शोभाखर बराल, हेम्जा एफएमका कोषाध्यक्ष बिष्णु बास्तोला लगायतका बक्ताहरुले मन्तब्य राखेका थिए ।
त्यसै गरी तीजकै अवसर पारेर जीफन्ट महिला कमिटीले पनि शुभकामना आदानप्रदान कार्यक्रम शनिबार आयोजना ग¥यो । ब्यस्तता कै बिच सांसद गुरु·ले तीजको अवसर पारेर मानवसेवा आश्रममा रहेका बृद्ध अपा·हरुलाई कपडा तथा खानेकुरा प्रदान गरेकी छन् । उनले आश्रमका ९५ जना बृद्धबृद्धाहरुलाई कमेजको कपडा र दोसल्ला प्रदान गरेकी हुन् । श्रमिक बस्तीका शिशु स्याहार केन्द्रका लागि पंखा र श्रमिक दिदीबहिनीहरुलाई दर खुवाएर मुहारमा खुशियाली ल्याउने कोशिश गरेकी छिन् । त्यसैगरी उनले आजै पोखरा महानगरपालिका वडा नं ३० को दोबिल्ला पार्कमा बर पिपल लगायतका अन्य दुइ सय बिरुवा रोपेकी छिन् ।





