बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तीजको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

तीजको अवसरमा मानव सेवा आश्रमलाई सहयोग


  • Dhorpatan News
  • भाद्र १६ २०७६, सोमबार

पोखरा, १६ भदौ- तीजको अवसर पारेर इनर ह्वील क्लव न्यूरोडले मानवसेवा आश्रमलाई सहयोग प्रदान गरेको छ । इनर ह्वील क्लवका अध्यक्ष इ. बिमला पियाले सो सहयोग हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा अध्यष इ. बिमला पिया, संस्थापक अध्यक्ष निर्मला मल्ल, पूर्व अध्यक्ष द्धय गंगा कुमारी पराजुली पौडेल र कमला बास्तोला लगायतले मानव सेवा आश्रमका संचालक राजन सापकोटालाई लत्ता कपडा, खाद्य सामाग्री तथा पन्ध्र हजार नगद हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा इनर ह्वील क्लव न्यूडका अध्यक्ष इ. पियाले आफ्नो क्लवले बेला बेलामा समाजसेवाका कार्यक्रमहरु गर्ने बताईन् । उनले भनिन् हामी सबैले आ—आाफ्नो ठाउबाट सानै भए पनि सहयोग ग¥यौं भने आश्रम चलाउन सहयोग पुग्नेछ । मानव सेवा आश्रमका संचालक सापकोटाले मानवसेवा आश्रम यस्तै सहयोगहरले चलाएको बताए । सो अवसरमा संस्थापक अध्यक्ष निर्मला मल्ल, पूर्व अध्यक्ष गंगा कुमारी पराजुली पौडेल, कमला बास्तोला, अमृता बस्तोला, कोकिला जोसी नारायणी बास्तोला र रोटरी क्लव अफ न्यूरोडका निर्वतमान अध्यक्ष पुष्पकमल पौडेल र उपाध्यक्ष सुर्वर्ण कोईराला लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->