बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ट्याक्सी बिबाद अन्त्य गर्न अर्थ तथा विकास समितिको निर्देशन

ट्याक्सी बिबाद अन्त्य गर्न अर्थ तथा विकास समितिको निर्देशन


  • Dhorpatan News
  • भाद्र १९ २०७६, बिहिबार

पोखरा,१९ भदौ – पोखरामा गुडने ट्याक्सी मिटरमा गुडन नमानेको गुनासो बढेपछि गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले सरोकारवाला संग छलफल गरेको छ । समितिले सरोकारवाला निकायलाई उक्त समस्या हल गर्न निर्देशन दिएको छ । वुधवार बसेको समितिको बैठकले भौतिक पूर्वाधार मन्त्रालयलाई तुरुन्त समस्या हल गर्न निर्देशन दिएको हो ।
भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत सहित सरोकारवालाविच प्रदेश सभा सचिवालयमा बसेको बैठकले सो निर्देशन दिएको हो । पोखरामा मिटरमा ट्याक्सी चल्न नमानेको र सर्वसाधरण ठगिएको गुनासो बढेपछि र सरोकारवालाहरु विच छलफल गरि समितिले निर्देशन दिएको समितिका सभापति दीपक कोइरालाले बताए ।
ट्याक्सी ब्यबसायीहरुले अहिलेकै अवस्थामा मिटरमा ट्याक्सी गुडाउन नसकिने बताए पछि भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मिटरमा नगुड्ने ट्याक्सीलाई कारवाही गर्ने बताएका थिए ।
मन्त्री बस्नेतले बिहीबारदेखि मिटरमा नगुड्ने ट्याक्सी समात्न कास्की ट्राफिक प्रमुखलाई निर्देशन समेत दिएका छन ।
‘ब्यबसायिले अहिलेको भाडामा मिटरमा गुड्न नसक्ने बताएका छन , भाडा समायोजन गर्नुपर्ने माग पनी आएको छ’ ,उनले भने संसदमा यातायात विधेयक रहेको र वैज्ञानिक भाडा समायोजन गर्न एक समिति पनि निर्माण भएको छ ।
मन्त्री बस्नेतले प्रदेशको कानुन नबन्ने बेला सम्म संघिय कानुनका आधारमा भाडादरमा मिटरमा ट्याक्सी सञ्चालन गर्न आग्रह गरे । पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाश तिवारीले समय अनुसारनै भाडा समायोजन हुनुपर्ने माग गरे । उनले २०६९ साल देखि बैज्ञानिक भाडादर लागू नभएको गुनासो गरे । अध्यक्ष तिवारीले ट्याक्सी चढेपछि शुरुमा एक लिटर पेट्रोलको मुल्य र पछि पल्स अनुसार १४ रुपैयाको दरले भाडा भए मात्र ट्याक्सी मिटरमा गुडाउन सकिने तर्क गरे ।
यस्तै गण्डकी ट्याक्सी ब्यवासायी प्रालिका अर्जुन पौडेलले पोखराको सडमा ट्याक्सी मिटरमा गुड्न नसक्ने बताए । उनले पोखरामा दुई तर्फी यात्रु पाउनै मुस्किल हुने हुदा घाटा सेवा दिन नसक्ने बताएका थिए ।
अर्थ तथा विकास समितिका सदस्य एवं सांसदहरु इन्द्रलाल सापकोटा,हरिशरण आचार्य , जनकलाल श्रेष्ठ,सरिता गुरुङ लगायतले आफुहरु ट्याक्सीमा चड्दा मिटरको कुरा गर्दा अपमानित हुनु परेको बताएका थिए । सांसदनै मोलमोलाई गरेर ट्याक्सी चढ्नुपर्ने अबस्था रहेको भन्दै प्रदेश सरकारले कानुन बनाएर ट्याक्सीको समस्या समाधान गर्नुपर्ने उनिहरुको भनाई थियो ।
कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्की र ट्राफिक प्रमुख मुराहरि मिश्रले सरकारले बनाएको नियममा सवै चल्नुपर्ने भन्दै मिटरमा नगुड्ने ट्याक्सी कारवाहीमा गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->