पोखरा, २४ भदौ – जनसञ्चार डटकमका सम्पादक तथा जनपत्रकार संगठन,नेपालका केन्द्रीय सदस्य ओम हमाल सर्वोच्च अदालतकाे दोस्रोपटकको आदेशमा रिहा भएका छन् । बन्दी प्रत्येक्षीकरणकाे रिटमा सुनुवाई गर्दै गत मंगलबार सर्वाेच्च अदालतकाे आदेशमा रिहा भएपनि गेटबाटै प्रहरीले पक्राउ गरेकाे थियाे । पत्रकार हमालकाे गिरफ्तारी गैरकानुनी भन्दै जनपत्रकार संगठनकी सदस्य माेनिका गुरूङले पुनः बन्दी प्रत्यक्षीकरणकाे रिट दायर गरेकी थिईन् । रिटमाथी सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठकाे ईजलासले पत्रकार हमाललाई रिहा गर्न आदेशमा दिएकाे हाे ।
भदाै ६ गते पक्राउ परेका हमाललाई गत मंगलबार सर्वाेच्च अदालतले रिहा गर्न आदेशमा दिएपनि गेटबाटै प्रहरीले पक्राउ गरेकाे थियाे । अघिल्लाे पटक राज्य विरूद्वकाे कसुरकाे मुद्दा लगाएकाे प्रहरीले दाेस्राे पटक दुरव्यवहार सम्बन्धी मुद्वा लगाएर थुनामा राखेको थियोे । पत्रकार हमालको रिहाइको लागि देशभरका पत्रकार सम्बद्ध संघ संगठनहरुले दबाब दिदै आएका थिए । रिहा भएका पत्रकार हमाललाई संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, संगठनका केन्द्रीय महासचिव हिम विष्टले स्वागत गरेका छन्।





