पोखरा,२६ भदौ – अनेरास्ववियु कास्किले तीन दिने डेंगु र सेतो पुतली सम्बन्धी सचेतता कार्यक्रम बुधवार सस्कृत माबि बगर बाट सुरु गरेको छ। कार्यक्रममा डा. सन्देश रमण पराजुली र नेत्र विशेषज्ञ सुबास नेपाल ले प्रसिक्षण दिएका छन। कार्यक्रमको उद्घाटन गर्दै नेकपा केन्द्रिय सदस्य भिम कार्कीले यो रोग राष्ट्रिय स्तर बाटै निर्मुल गर्न सरकार लाग्नु पर्ने र त्यसको निम्ति सरकारलाई अनुरोध गरिसकिएको बताए । कार्यक्रममा वडा अध्यक्ष सारदा सुवेदी नेकपा नेताहरू महेश्वर पोख्रेल , धुर्ब पराजुली , लगाएतको उपस्थित रहेको थियो । अब तीन दिन सम्म चल्ने कार्यक्रममा कास्कीका करिब २० वटा सामुदायिक स्कुलमा गरिने अनेरास्ववियुका सदस्य माधब गौतमले बताए । बुधवार सस्कृत माबी, बालमन्दिर माबी, बाराही मा बि, मा प्रसिक्षण कार्यक्रम सञ्चालन भएको थियो । विहिवार अंमरसिहं माबी , पार्दी माबी राष्ट्रिय माबी लगाएतमा आयोजना हुने अनेरास्ववियु कास्किका नेता शेखर गौतमले जानकारी दिए।





