बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सहकारीले महिलाहरुको आर्थिक गतिबिधि चलायमान

सहकारीले महिलाहरुको आर्थिक गतिबिधि चलायमान


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७६, शुक्रबार

पोखरा,२७ भदौ – रामघाट महिला बचत तथा ऋण सहकारी संस्था आठौं साधारण सभा तथा चौथो अधिबेशन बिहिबार पोखरामा सम्पन्न भएको छ । अधिबेशनले यशोधा देबी गुरुङको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष प्रेम कुमारी गुरुङ, सचिव मिना ढुङगाना, कोषाध्यक्ष शुस्मा श्रेष्ठ ,संचालक समिति सदस्यहरुमा सीता तिमिल्सिना ,चाँदनी हमाल, सुमित्रा चौधरी, माधवा ज्ञवाली, बिमला पाण्डे भट्टराई रहेका छन् । त्यसैगरी लेखा समिति संयोजकमा जानुका अधिकारी सदस्यमा निलम दुवे रहेका छन् ।
रामघाट महिला बचत तथा ऋण सहकारी संस्थाको यसअघि भएको औपचारिक समारोहलाई राष्ट्रिय सहकारी संस्थाका संचालक तथा गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले महिलाहरुले संचालन गरेको सहकारी उत्कृष्ट भएको बताइन् । उनले महिलाहरु अव राजनैतिक शसक्तिकरण पछि आर्थिक शससक्तिकरण तर्फ लाग्नु पर्नेमा जोड दिईन् ।
रामघाट महिला बचत तथा ऋण सहकारी संस्थाका संरक्षक सहकारी अभियन्ता गजकुमारी गुरुङले महिलाहरु आर्थिक क्षेत्रमा सक्षम नभई अन्य क्षेत्रमा अगाडी बढ्न सम्भव नहुने बताइन् । उनले समग्र महिलाको उत्थानको लागि अझै पनि शिक्ष स्वास्थ्य जोड दिनु पर्ने बताइन् । उनले भनिन् ‘हामी महिलाहरु सहकारीमा लागि सके पछि बचत गरेर बोनस पाइन्छ भन्ने मात्रै होइन महिलाहरुको आर्थिक गतिबिधि चलायमान हुन पर्छ । ’
सो अवसरमा रामघाट महिला बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार गंगा कुंवर, सुनौलो बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कलावती शर्मा, सनसाईन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष अग्नी कडेल, नमुना बचत तथा ऋण सहकारी संस्थाका महेन्द्र गुरुङ, रामघाट महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सम्झना अधिकारी लगायतका बक्ताहरुले मन्तब्य राखेका थिए । कार्यक्रममा बिभिन्न बिधामा उत्कृष्ट हुनेहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->