गलकोट, २७ भदौ – ताराखोला गाउॅपालिका- ३ हिल घुस्मेलीका कृष्ण केसी गत शनिबार देखि बेपत्ता छन । मानसिक रुपमा असन्तुलन ४२ वर्षिय केसी शनिबार दिउॅसो १२ बजेको समयमा घरबाट केहि नभनी निस्किएको र ६ दिन बितिसक्दा समेत परिवारको सम्पर्कमा नरहेको वडा अध्यक्ष डिल बहादुर बस्नेतले जानकारी दिए । केसीलाई सोहि दिन दिउॅसो ३ बजेतिर काक्राखोरमा स्थानियले देखेको तर त्यस पश्चात उनी कता लागे भन्ने जानकारी नभएको स्थानियले बताए । उनी परिवार र आफन्तसॅगको सम्पर्कमा नभएपछि ताराखोला गाउॅपालिका-३ का जनप्रतिनिधीहरु, प्रहरी, स्थानियबासी, घरपरिवार र आफन्तजनले खोजी कार्य तिव्र पारेका छन । वेपत्ता केसीको अहिलेसम्म कुनै अत्तोपत्तो पाउन नसकिएको वडा अध्यक्ष बस्नेतले बताए । गाउॅटोल, वन जंगलमा खोजी कार्य गरिरहेको र नेपाल प्रहरी, जनप्रतिनिधी, आफन्तजनमार्फत जानकारी गराईएको बेपत्ता केसीका भाई लक्ष्यमण केसीले जानकारी दिए । दाजु केसीको खोजी कार्यमा सहयोग गरिदिन सरोकारवाला सबैलाई उनले अपिल गरेका छन । बेपत्ता केसीको श्रीमती, ३ छोरा र १ छोरी छन ।





