बागलुङ, २८ भदौ – बागलुङ जेसीजले हरेक बर्ष मनाउने जेसिज सप्ताह शनिवारदेखि सुरु भएको छ। जेसीज सप्ताह शुभारम्भका अवसरमा बागलुङका सिर्जनशील दुई युवा सम्मानित भएका छन् । नेपाल टेलिकम बागलुङ शाखा प्रमुख केशव शर्मा र हरे कृष्ण अभियानका अभियन्ता परमेश्वर अच्युत दासलाई बागलुङ जेसीजले सम्मान गरेको हो ।

शर्माले धौलागिरीका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका दुर्गम ठाउँहरुमा पनि सूचनाको पहुँच स्थापित गर्न र परमेश्वर अच्युत दासले आध्यात्मिक जागरण मार्फत युवाहरुलाई तनावमुक्त, स्वस्थ र परोपकारी जीवन व्यतित गर्न प्रेरणादायक भुमिका निर्वाह गरेकाले सम्मान गरिएको बागलुङ जेसीजका अध्यक्ष एञ्जिल शाक्यले वताए ।

जेसीजले युवाहरुलाई सामाजिक एवम् सकरात्मक कार्यमा लाग्नका लागि थप प्रोत्साहित गर्न बर्षेनी समुदायमा उदाहरणीय कार्य गरेका युवाहरुलाई जेसीज सम्मानबाट सम्मान गर्दै आएको छ। जेसीज सम्मान सहित शुरु भएको जेसीज सप्ताह आगामी असोज ३ गतेसम्म बिभिन्न कार्यक्रम गरिने गरी मनाइने छ।







