शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सिक्लेसमा क्होइबु बन्दै, एकैदिन १ करोड संकलन

सिक्लेसमा क्होइबु बन्दै, एकैदिन १ करोड संकलन


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७६, मंगलबार

पोखरा,३१ भदौ – कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेसमा करिब २ करोडको लागतमा नम्जु च्युउली युँउला क्होइबु निर्माण हुने भएको छ ।
तमू जातिको मौलिक र कुल धर्म बोन धर्मको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले निर्माण गर्न लागिएको सो क्होइबो निर्माणको सहयोगार्थ सोमबार पोखरामा रहेको चिउली पार्चे तमू समाज घरमा एक भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मार्फत एकदिनमा मात्रै १ करोड ४ लाख ४६ हजार आर्थिक सहयोग प्राप्त भएको नम्जु च्युउली युँउला क्होईबुका अध्यक्ष तथा पच्यु गुरु कुलप्रसाद क्रोम्छे तमूले जनाएका छन् । नम्जु च्युउली युँउला क्होईबुका अध्यक्ष कुलप्रसाद गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा समाजका युवा कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन चलचित्र निर्देशक एवम् संस्कृतिकर्मी कृष्णकुमार गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->