शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नगरप्रमुख पौडेलले स्विच थिचे, धारामा पानी खस्यो, स्थानीय रमाए !

नगरप्रमुख पौडेलले स्विच थिचे, धारामा पानी खस्यो, स्थानीय रमाए !

बानपा-४ पाखराथरमा लिफ्टिङ प्रविधिबाट राईला खानेपानी आयोजना निर्माण समपन्न, ५० घरधुरी लाभान्वित


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७६, आइतबार

बागलुङ, ५ असोज- सदरमुकाम बागलुङ बजार नजिकै रहेर पनि खानेपानीको समस्या झेलीरहेका थिए बानपा-४ पाखराथरका स्थानीयवासीले । निर्वाचनको वेला खानेपानी पुराउने वाचा गरेका थिए नगरप्रमुख जनकराज पौडेलले त्यही पुगेर । लामोसमयको समस्यालाई समाधान गर्न स्थानीयले पनि उत्तिकै चासो देखाए । अहिले त्यही पाखाथरमा नगरपालिका र स्थानीयको साझेदारीमा लिफ्टिङ प्रविधिबाट खानेपानी पुगेको छ । खानेपानीको अभाव झेल्न बाध्य पाखाथरका ५० घरधुरीलाई लक्षित गरी लिफ्टिङ प्रविधिबाट राईला खानेपानी आयोजना निर्माण समपन्न गरिएको छ । बागलुङ नगरपालिकाको आर्थिक सहयोग र स्थानीयको जनश्रमदानबाट राईला खानेपानी आयोजना निर्माण समपन्न गरिएको हो । नगरप्रमुख पौडेलले स्विच अन गरेर त्यहाँको खानेपानीको उदघाटन गरे । स्थानीय हर्षविभोर हुदै ताली बजाएर खानेपानीको स्वागत गरे ।

नगरप्रमुख पौडेलले नगरका सबै घरमा खानेपानी पु¥याउँने नगरपालिकाको अभियानमा उपभोक्ताहरुको सक्रिय सहभागिता भएकोले छोटै समयमा पाखाथरमा खानेपानी पुराउन सकिएको वताए । ‘हामीले नगर भित्रका हरेक घरमा खानेपानी पु¥याउँने उद्देश्य सहित मुहानको खोजी गरिरहेका छौं, मुहान नभएका ठाउँमा लिफ्ट प्रविधिबाट भएपनि खानेपानी पु¥याउँने अभियान अनुसार पाखाथरमा पनि यो आयोजना निर्माण सम्पन्न भएको हो,’ पौडेलले भने। पौडेलले यो दुई वर्षको अवधीमा बागलुङ नगरका एक हजार पाँच सय घरमा ‘एक घर, एक धारा’ निर्माण भइसकेको जानकारी दिए। ‘अब घरको माथि खानेपानीको मुल छैन भनेर बस्नु पर्दैन न,गरपालिकाले लिफ्टिङ प्रविधिबाट भएपनि खानेपानीको अभाव हल गर्नेछ ।’
लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि घरघरमा चौबिसै घण्टा पानी आउन थालेको उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले वताए । पौडेलका अनुसार पानी नियमित मर्मत गर्नका लागि एक जना हेरालु पनि राखेका छन् । सदरमुकाममा बितरण भएको पानी आठ हजार लिटरसम्म प्रयोग गर्दा दुई सय रुपैयाँ तिर्नुपर्छ भने यो आयोजनाले १५ हजार लिटर पानी प्रयोग गरेपछि मात्र दुई सय रुपैयाँ शुल्क तोकेको छ ।

बागलुङ नगरका सबै घरमा धारा पु¥याउँने अभियानमा लागेको नगरपालिकाले पाखाथरका ५० घरधुरीमा धारा पु¥याउँनका लागि आर्थिक वर्ष २०७४(०७५ मा २० लाख रुपैयाँ विनियोजन गरेको थियो । नगरपालिकाबाट विनियोजन भएको २० लाख, स्थानीयवासीको २० लाख बराबरको जनश्रमदान र प्रतिघर २६ हजार रुपैयाँ संकलन गरी कुल ३१ लाख ८१ हजार ९१ रुपैयाँको लागतमा राईला खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।
बढ्दो शहरीकरणका लागि पुराना मुहानहरु सुक्दै गएका र बागलुङ बजारका लागि वितरण हुने खानेपानी लैजान केही माथि भएकाले असम्भव भएपछि लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको उपभोक्ता समितिका कोषाध्यक्ष देवी शर्माले बताईन । ‘हामीलाई खानेपानी जसरीपनि ल्याउनु थियो, नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउँने भएपछि २० लाख वरावरको जनश्रमदान र प्रतिघर २६ हजार रुपैयाँ नगद जम्मा गरेर खानेपानी आयोजना निर्माण गर्न सक्यौं ।’ शर्माले भनिन ।

गाउँमा खानेपानीको मुहान नभएकाले लिफ्ट प्रविधिबाट तीन सय मिटर तल रहेको मुहानबाट पानी तानेर घरघरमा धारा पुगेका हुन् । ‘गाउँ माथिपनि पुरानो मुहान थियो, त्यहाँको पानी र तलबाट लिफ्ट प्रविधिबाट तानेको पानी मिसाएर गाउँका सबै घरमा वितरण गरेका छौं, नगरपालिकाले विनियोजन गरेको रकम वरावरनै श्रमदान गरेर स्थानीयले खानेपानी निर्माणमा सक्रियता देखाएकै कारण समयमै खानेपानी आयोजना निर्माण सम्पन्न भयो ।’ नगरपालिकाका इन्जिनियर गौरव शर्माले थपे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->