शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठेखोलाको शैक्षिक विकासको लागि नेपाल राष्ट्रिय शिक्षक संगठनले समन्वय गर्ने

काठेखोलाको शैक्षिक विकासको लागि नेपाल राष्ट्रिय शिक्षक संगठनले समन्वय गर्ने


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७६, आइतबार

बागलुङ, १२ असोज – नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोलाले गाउँपालिकाको शैक्षिक विकास र शेक्षिक सवालहरुमा समन्वय गर्ने भएको छ ।
संगठनको शनिबार भएको प्रथम गाउँपरिषदले गाउँपालिका भित्रको शैक्षिक विकास र शैक्ष्कि सवालहरुमा गाउँपालिकासँग अन्तरक्रिया गरी समन्वय गर्ने निर्णय गरेको हो । संगठनले शिक्षक र कर्मचारीहरुको पेशागत समस्याको समाधान गर्नको लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
गाउँ परिषदको उद्घाटन पछि बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज जंगबहादुर गर्बुजाले संगठनले शिक्षकहरुका जायज मागहरु सम्बोधनका निम्ती निरन्तर लागेको बताउँदै अझै पनि लड्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रिय सदस्य टिकाराम सापकोटा, तत्कालिन नेपाल शिषक युनियनका पूर्व केन्द्रिय सदस्य शिवलाल कंडेल, माध्यमिक विद्यालय शिक्षक युनियनका वरिष्ट केन्द्रीय उपाध्यक्ष बालवकृष्ण कंडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश उपाध्यक्ष गंगाकुमारी शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गोविन्द बहादुर भण्डारी, काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, ६ विहुँका अध्यक्ष युक्तप्रसाद कंडेल, माध्यमिक विद्यालय शिक्षक युनियन बागलुङका अध्यक्ष डिल्लीराज उपाध्याय, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका सचिव कृष्ण भट्टराई, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका केन्द्रिय प्रतिनिधि ओमबहादुर थापा र शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव होमनाथ गौतमले मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रममा शिक्षक सेवा आयोगद्वारा लिइएको खुल्ला परीक्षा उत्तिर्ण गरी स्थायी भएका संगठनमा आवद्ध शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोलाका अध्यक्ष चन्द्रमणि उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष मुक्तिराम कंडेल र संचालन सचिव डिलबहादुर कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->