बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मानसिक चिन्तासँगै उब्जिने समस्याहरु

मानसिक चिन्तासँगै उब्जिने समस्याहरु


  • कृषिता अधिकारि (निशा)
  • असोज १३ २०७६, सोमबार

मानसिक चिन्ता भन्नाले एक प्रकारको जटिल समस्या हो । यस्तो समस्या बढी सोच्नाले उत्पन्न हुन्छ, यसलाई स्पष्टीकरणमा भन्नुपर्दा यो एक मानसिक रोग वा भयानक रोग हो । यसले मानिसलाई नकारात्मक शक्ति प्रदान गर्दछ, प्रायःजसो दैनिक हाम्रो जिवनमा केही न केही समस्याहरु उत्पन्न हुन्छन् । ती समस्याहरु स्वयम् निराकरण गर्न तत्पर हुन्छौं तर कहिलेकाहीँ हामी ति समस्याहरुबाट एकदमै ग्रसित हुन्छौं कि त्यसबाट पार लगाउन सक्दैनौं किनकि नचाहेर वा नबुझेर ती समस्यासंग जोडिएका हुन्छौं । जसले गर्दा हामी ज्यादै चिन्तित हुने बिना अर्थ दुःखी हुनाले मानिसलाई रोगी बनाउँछ, जसले गर्दा मानिस पूर्णतया रोगी बन्दछ । यी र यस्ता समस्याहरु समाजमा व्यापक रुपमा रहेको पाइन्छ, त्यसैगरी मानविय जिवनमा चिन्ता हुनु स्वभाविक मानिन्छ किनकि मानिस ज्ञान, बुद्धि, विवेक भएको के गर्न हुन्छ र के गर्न हुँदैन शरीरमा कति हर्मोन्सको तह बढ्छ, जसमा एड्रिनलिन प्रमुख छन्, लगातार तनाव र चिन्ताले विस्तारै–विस्तारै मानसिक रोगी बढ्दछ । अर्को कुरा परिवारमा एकै किसिमको व्यवहार नगर्दा छोराछोरीमा फरक गर्दा यस्ता समस्या उत्पन्न भइरहेका छन् । निरन्तर चिन्ता लिनु, स्वास्थ्यको विषयमा चिन्तित रहनु, नकारात्मक विचारहरु मनमा खेलाइरहनु, स्वभावमा चिड्चिडेपना जस्ता लक्षणहरु प्रमुख मानिन्छन् । यी र यस्ता समस्याहरुलाई समाधान गर्न र भविष्यमा यस्ता समस्याहरु नआउन भन्नको लागि आजैदेखि निम्न समाधान अपनाउनु पर्दछ । धेरै तनाव नलिने, चाहे जस्तोसुकै परिस्थितिमा पनि विचलित नभई अघि बढ्ने धेरै नसोच्ने, गीत सुन्ने, टेलिभिजनमा राम्रो राम्रो कुरा ग्रहण गर्ने । त्यस्तै गीत, कविता, कथा जस्ता रचनात्मक कुराहरु पढ्ने लेख्ने, बिहान उठेर प्रणायम गर्ने, राम्रा राम्रा पक्षहरुको चिन्तन गर्ने जस्ता कुराहरु अपनायौं भने अवष्य पनि हामी मानसिक रोगको सिकार हुँदैनौं । तसर्थ, हरेक अभिभावकले आफ्नो बालबालिकाको भविष्यलाई ख्याल गरि परिवारमा राम्रो वातावरणको सिर्जना गरौं । त्यस्तै विद्यार्थी वर्गहरु पनि सकारात्मक पक्ष ग्रहण गरी नकारात्मक पक्षलाई त्याग र समाजमा जनचेतना जगाई यसलाई रोकथाम गरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->