शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बसपार्कमा यात्री हेल्पडेक्स स्थापना

बसपार्कमा यात्री हेल्पडेक्स स्थापना


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०७६, सोमबार

बागलुङ,१३ असोज – बागलुङबाट छुट्ने सवारी साधनका चालक र सहचालकबाट हुने दुव्र्यवहार, काउन्टर र अन्य व्यक्तिबाट ठगिने समस्या समाधान गर्न बागलुङको चिप्लेटी बसपार्कमा हेल्प डेक्स स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नवराज भट्टले डेक्सको स्थापना गरे । जिल्ला प्रहरी र जिल्ला ट्राफिकले यातायात व्यवसायी कम्पनीहरुको सहकार्यमा डेक्स स्थापना गरिएको हो ।
चालकलाई सम्मान गरेर सम्झाएपछि त्यस्ता समस्याा समाधान हुने भन्दै प्रहरी उपरिक्षक नवराज भट्टले चालकर यात्रीलाई माला लगाएर सम्मान समेत गरे । आइतबार बिहान बसपार्कमा आयोजित कार्यक्रममा उनले फूलमालाले चालक र यात्रीलाई सम्मान गरेका थिए । उक्त सम्मानले उनीहरुमा दायित्व बोध हुने आस समेत गरिएको छ । चालक र सहचालकले व्यवहारका कारण यात्रीले हैरानी खेपेको, एउटै सिटको दुइवटा टिकट काटेर सास्ती दिएको गुनासो आउने गरेको थियो ।
चाडपर्वमा त्यो समस्या बढ्ने भएकोले दशैंको पहिलो दिननै डेक्स स्थापना गरेर चालकलाई प्रशिक्षण समेत दिइएको हो । सबै चालकलाई पहिचान खुल्ने ज्याकेट पनि बितरण गरिएको छ । झण्डै एकसय चालकलाई ज्याकेट दिएर अभियानको थालनी भएको हो । अरुलाई व्यवसायीहरुले खरिद गरेर लगाउने व्यवस्था गरिदिने भट्टले बताए । चालक र टिकट काउन्टरका व्यक्तिले पनि यात्रीको हितमा काम गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->