बागलुङ,१४ असोज – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका गल्कोट नगर कमिटिका सचिव सुदर्शन नेपाली पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गल्कोटले सोमबार साँझ उनलाई गल्कोट नगरपालिका–११ रिघा बाट पक्राउ गरेको हो । अपराधिक कृयाकलापमा संलग्न भएको असंकामा उनलाई प्रक्राउ गरीएको प्रहरीले जनाएको छ । नेपालीलाई सोमबारनै जिल्ला प्रहरी कर्यालय बागलुङ ल्याईएको प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईले जानकारी दिए । उनलाई मंगलवार म्याद थपेर अनुसन्धान थाल्ने भट्टराईले बताए । सोही पार्टीका जिल्ला सेक्रेटरी राम बहादुर कुँवर ‘नविन’ केही दिन पहिला मात्रै पक्राउ परेका थिए । उनीमाथी अनुसन्धान थालेको प्रहरीले नगर तहका नेता कार्यकर्ता पक्राउ गर्न थालेको हो ।





