शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मनकारी वडा सदस्य लोकबहादुर,भत्ता विद्यालयलाई सहयोग

मनकारी वडा सदस्य लोकबहादुर,भत्ता विद्यालयलाई सहयोग


  • थम्मन थापा
  • असोज १४ २०७६, मंगलबार

गलकोट ,१४ असोज –  गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोकबहादुर थापाले आफनो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग गरेका छन । प्रगति आधारभुत विद्यालय मल्म सप्ताहघाटको लागि १ शिक्षकलाई तलब भत्ता स्वरुप सहयोग गरेको वडा सदस्य लोक बहादुर थापाले बताए । सामुदायिक विद्यालय तर्फ पछिल्लो समय उत्कृष्ट बन्दै गईरहेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षकहरु पर्याप्त नहुँदा र आर्थिक श्रोतको अभावले स्थानिय श्रोतमा रहेका शिक्षकहरुलाई तलब भत्ता व्यवस्थापन गर्न समस्या भएपछि आफनो कार्यकालको तलबभाता/भत्ता आर्थिक वर्ष २०७६/०७७ को गत साउनदेखि लागु हुनेगरि वार्षिक रुपमा विद्यालयलाई सहयोग प्राप्त भएको प्रगति आधारभुत विद्यालय मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले बताए । विद्यालयमा अहिले सरकारी दरबन्दीमा १ जना र स्थानिय श्रोतबाट तलब व्यवस्थापन गरि १० जना निजी श्रोतका शिक्षकहरु रहेका छन भनें २ वटा दरबन्दी रिक्त रहेका छन । वि.सं २०४७ सालमा स्थापना भएको विद्यालयले शैक्षिक सत्र २०६९ देखि अङग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुँदै आएको छ । जनप्रतिनिधी थापाको सहयोगले विद्यालयलाई आर्थिक भार केहि कम हुने विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाको भनाई छ । विद्यालयमा अहिले वार्षिक झण्डै १० लाख ६८ हजार शिक्षकहरुको तलबको लागि खर्च हुने गरेको प्रधानध्यापक थापाको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->