शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाड गाउँपालिकाले गर्यो बजार अनुगमन

बडिगाड गाउँपालिकाले गर्यो बजार अनुगमन


  • कमल पौडेल
  • असोज १७ २०७६, शुक्रबार

बागलुङ(बडिगाड),१७ असोज – बडिगाड गाउँपालिकाको टोलीले मध्यपहाडि लोकमार्ग भित्रको वजार क्षेत्रमा अनुगमन गरको छ। गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत वालाकृष्ण सुवेदी, स्थानिय प्रशासन, वडा अध्यक्ष सहितको टोलीले हाडिखोला खर्वाङ देखि भिमगिठे सम्मको वजार अनुगमन गरेको हो। बजार अनुगमनको क्रममा मुल्यसुचि नराखेको, गाउँपालिकामा दर्ता नगरेको, आन्तरीक राजश्व कार्यालयमा दर्ता नभएका पसल, होटल भेटिएको र एक पटकको लागी १५ दिन भित्र सवै काम गर्ने गरि जानकारी गराइएको गाउँपालिकाले जनाएको छ। लामो समयदेखि वजार अनुगमन नहुँदा बजारमा मनपरी भएको भन्दै उपभोक्ताले गुनासो गर्दै आएका थिए। उपभोक्ता मञ्च बागलुङले विभिन्न समयमा अनुगमन गर्ने गरेपनी यस क्षेत्रमा मूल्यसुचि राखेको देखिएको छैन। यस्तै यातायातका साधनहरुले पनि मनपरि भाडा असुलीरहेका छन्। नियामक निकायहरु मुखदर्शक बनेको देखिएको छ। मध्यपहाडि लोकमार्गमा सडक पक्की भएपनि यात्रुले कच्चिकै भाडा तिरेका छन् भने गाउँगाउँमा जाने पिकअप, जिप ले मनपरी भाडा असुलीरहेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->