बागलुङ,१७ असोज – नेपाल सरकारले मध्यपहाडी लोकमार्गका लागि पोखरा देखि बागलुङ सम्मको खण्डमा पुरानै सडकलाई सूचिकृत गरेको छ । लोकमार्गको निर्माणको काम अहिले धमाधम भैरहेको पनि छ । तर नयाँ बनेको स्थानमा जति राम्रो ढंगले सडक व्यवस्थापन भएको छ, त्यो भन्दा कमजोर रुपमा पोखरा–बागलुङ सडक खण्डको निर्माण भएको यात्रीहरुले टिप्पणी गर्न थालेका छन् । पोखरा देखि फेदी सम्म ४ ल्याण्डको बनाउने तयारी छ । त्यो खण्ड तीन बर्ष अघि देखि थालिएपनि अहिले सम्म पुरा भने भएको छैन । अझै एक बर्ष सम्म यो सडक पुरा हुने लक्षण छैन ।
लोकमार्ग आयोजनाले पोखरा देखि बागलुङ खण्ड चौडा पार्ने काम भएको बताएपनि अधिकांस स्थानमा पुरानै नाली भत्काएर त्यही जगमै नाली र पर्खाल बनाउने काम भैरहेको छ । यसरी बनाउँदा सडक चौडा हुनुको साटो जस्ताको त्यस्तै भएको हो ।
आयोजनाले यो खण्डमा मात्र करोडौं खर्चेको छ । बागलुङ सदरमुकाम देखि अक्षेते, बिहुँ खण्डको काम पनि भैरहेको छ । घोषबाँधे देखि बुर्तिवाङ तथा निसीखोला तर्फ रुकुमको सिमाना सम्म अधिकांस खण्ड कालोपत्रे भैसकेको छ । निसीखोला तर्फको सडक पोखरा बागलुङ खण्डको भन्दा राम्रो र फराकिलो छ । फराकिलो बनाएको भनेपनि उस्तै भएपछि सडक सा“घुरो बनाइएको उपभोक्ताको टिप्पणी शुरु भएको हो ।
सामान्यतया राजमार्गहरुको मध्यभाग देखि २५ मीटरको दरले दाया“बाया“को खण्डमा घरटहरा बनाउन नपाउने प्रावधान पनि छ । बागलुङ दसरमुकाम देखि गलकोट हु“दै बुर्तिवाङ जाने खण्डमा १० मीटर भन्दा कम दुरीमा समेत घर बनिरहेका छन् । पुरानो मुआब्जा नपाएको र नयाँ मापदण्डमा पनि मुआब्जा पाउने आस नभएपछि धेरैजसोले घरटहरा ब नाएको भेटिएको हो । अहिले पोखरा देखि बागलुङको निसी सम्मको झण्डै २ सय किमी सडक चक्लाउने, कालोपत्रे काम भैरहेको डिभिजन ईन्जिनियर आशिष थापा मगरले बताए । अहिले पुरानो ७ मीटरको बाटोलाई १० मीटर बनाइरहेको भन्दै कालोपत्रे भने ८ मीटरको मात्र हुने उनले बताए । पहिलेको राम्रो कालेपत्रे भत्काएर कमसल बनाउन लागेको आरोप पनि लागेको छ । ‘अहिले अलकत्र छरेर एकसरो गिटीको कालोपत्रे गरिनेछ’ थापा मगरले भने, ‘पटक पटक कालोपत्रे गरेपछि मात्र पुरानो जस्तो देखिने हो ।’ अहिलेका लागि यस्तै डिजाईन भएकोले सोही अनुसारकै काम गरिएको उनले बताए । केही समय अघि नमूनाका लागि मालढुंगामा गरिएको ५ सय मीटर लामो कालोपत्रे तत्कालै उप्केको छ । दर्जनौं खाल्डा परेका छन् । थापा मगरले भने त्यो परिक्षण मात्र भएकोले अब राम्रो हुने दावी गरे । ‘त्यो परिक्षण मात्र हो, त्यस्तो गर्दैनौं’ उनले भने, ‘अलकत्रको परीक्षण गरिएकोले राम्रो नभएर फिर्ता भएको छ, स्थापित कंपनीको प्रयोग गरिन्छ ।’ नयाँ कंपनीहरुको परीक्षण गरेर मात्र अलकत्र लगाउन सकिने उनले बताए ।
अहिले पर्वत सदरमुकाम कुश्मादेखि बागलुङ तर्फको घुम्ती, अर्मादी, नया“पुल र सहश्रधारामा चाक्लो बनाएको भनेपछि अधिकांस स्थानमा पुरानै नालीको जगमा निर्माण भैरहेको छ । सा“घुरो सडक भएकोले निर्माण सम्पन्न नहु“दै सामाग्री थुपारेको स्थानमा सवारी जाम पनि हुने गरेको छ । मध्यपहाडी लोकमार्गको अधिकांस ट्रयाक खुलेकोले सुर्खेत देखि पोखरा सम्मका सबारीले यो बाटो प्रयोग गर्दा सडक झन अस्तव्यस्त हुने यातायात व्यवसायी बताउ“छन् । ‘बाटो त बनाइयो, तर बिकल्प दिइएको छैन, त्यसैले जाममा पर्ने गरिएको हो’ व्यवसायी खेमबहादुर जिसीले भने, ‘निर्धारित समय भन्दा दुइतिन घण्टा धेरै लाग्ने गरेको छ ।’ डेढ देखि दुइ घण्टाको पोखरा बागलुङ खण्डमा अहिले चार देखि पाँच घण्टा सम्म लाग्ने गरेको छ । राजमार्गकै छेउमा निर्माणाधिन घरटहरा भने नीतिगत अस्पष्टताले रोक्न नसकेको थापा मगरले बताए ।
‘राजमार्गको मापदण्ड २५ मीटर भन्ने त छ, तर नया“ घोषित राजमार्गको लागि कानून बनेको छैन’ उनले भने, ‘बरु स्थानीय तहले समन्वय गरेर नजिकमा संरचना बनाउन नदिंदा हुन्थयो ।’ कानूनी बाध्यताले सल्लाह मात्र दिन सकेको उनले बताए । पुन निर्माणको काम भने निकै तीब्र गतीमा भैरहेको छ । तर सडकमै जोडेर घरटहरा बनाउने क्रम बढीरहेको हो । गलकोट, बिहु“, बडिगाड र बागलुङ नगरपालिका भित्रै समेत अव्यवस्थित घर निर्माण भैरहेको हो । ‘मुख्य सडकमै जोडेर पेट्रोलपम्प, व्यवसायिक घर र पसल समेत निर्माण भएका छ् । सडक छेउमै व्यपारिक सामाग्री थुपारेर पैदल यात्रीलेपनि मुलबाटोमै हिड्नुपर्ने बाध्यता समेत छ । यसरी निर्माण भएका घरटहराले नक्सापास भने गरेका छैनन् । कतिपय घरको नक्सा पास नभएपछि मापदण्ड मिचेर बनेको टिप्पणी शुरु भएको छ । बागलुङ नगरपालिका भित्रै पनि कतिपय मापदण्ड मिचेर घर बनेका छन् । त्यसको वास्तविक अनुगमन भने भएको छैन । ‘हामीले मापदण्ड नपुगेर फिर्ता पठाएका कतिपय घर बनेको सुनेका छौं, त्यस्तो हो भने अनुगमन गरेर रोक्नेछौं’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, ‘अनुगमन समितिलाई चुस्त बनाएर मापदण्ड लागू गराउन तयार छौं ।’ गलकोट नगरले भने सडकको मापदण्ड बनाएर लागू गरिसकेको प्रमुख भरत शर्मा गैह्रेले बताए । ‘राजमार्गको मापदण्ड हामीले बनाएका छैनौं, भित्रि सडकमा भने तोकिएको मापदण्ड पुरा नभई नक्सा पास हु“दैन’ उनले भने, ‘नगरपालिकाको सहमति बिना बनेका घरटहरा भत्काउ“दा आ“फै जिम्मेवार हुने भनेका छौं ।’ बागलुङ सदरमुकाममा भने बाँङगेचउर देखि उपल्लाचौर सम्म पुग्ने सडकलाई लोकमार्गको ट्रयाक बनाउने उल्लेख छ । उक्त खण्डमा धेरै घर मापदण्डमा पर्ने देखिएको छ । पुरानो जिरो रहेको ट्राफिक चोकसम्मका दर्जनबढी घर पनि मापदण्डमा छन् । नगरपालिकाले सूचना जारी गरेपनि मापदण्ड हटाउन नसकेको हो । एक महिनासम्म दैनिक ८ घण्टा सडक रोकेर बागलुङकै खहरे देखि अक्षेते खण्डमा पहरो फोडिएको छ । अन्य खण्डमा भने आगामी माघ मसान्त सम्म सडक चौडा पारेर कालोपत्रे गरिसक्ने योजना थापा मगरले सुनाए ।





