बागलुङ, १७ असोज-बागलुङ नगरपालिकाले नेपालीहरूको महान चाडहरु, बिजया दशमी, दिपावली, छट पर्व र नेपाल सम्वत ११४० को सन्दर्भमा शुक्रवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका वक्ताहरुले एक मिनेटमा नै भाषण सकेर शुभकामना दिएपछि आजको कार्यक्रमका सहभागीलाई पत्यारिलो भाषण सुन्नु परेन ।
शुभकामना कार्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिजया दशमी नेपालीहरूको मेलमिलापको चाड भएको हुदा यसको महत्त्व अझैसम्म कायम रहेको बताए । संसारको अगाडि हामी सबै नेपाली मिलेर जानुको बिकल्प नभएको वताउदै पुर्व उपप्रधानमन्त्री केसीले यसलाई सांस्कृतिक पर्वका रुपमा मनाउनुपर्नेमा जोड दिए ।
बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बागलुङ नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले र संचालन बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले गरेका थिए । चियापान कार्यक्रममा संविधानसभा सदस्य, पुर्व सांसद, प्रदेश सभाका सांसद, राजनीतिदल जनप्रतिनिधि, नागरिक समाज संचारकर्मि, कर्मचारी, प्रहरी प्रशासक, ब्यापारी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।





