शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवदुर्गाको सातौ दिन; बागलुङका शक्तिपिठहरुमा भक्तजनको भीड

नवदुर्गाको सातौ दिन; बागलुङका शक्तिपिठहरुमा भक्तजनको भीड

आफ्नो मनोकामना पुरा हुने विश्वासमा भाकल गर्ने भक्तजनले कुखुरा, राँगा, बोका, परेवा आदि बलि चढाउने गर्छन् ।


  • तारानाथ आचार्य
  • असोज १८ २०७६, शनिबार

बागलुङ, १८ असोज – नवदुर्गाको सातौं दिन शनिवार बागलुङका शक्ति पिठहरुमा भक्तजनहरुको भीड लागेको छ । दशैंका लागि विदा सुरुभएसँगै बागलुङ कालिका भगवतीको मन्दिर, वलेवा कालभैरव मन्दिर र पश्चिम थन्थापीमाईको मन्दिरमा भक्तजनहरुको भीड लागेको हो । नवदुर्गा लागेपनि सरकारी तथा सार्वजनिक निकाय र बिद्यालयहरु समेत सञ्चालनमा रहेकाले शुक्रबारसम्म कम देखिएको भक्तजनको उपस्थिती शनिवार ह्वात्तै बढेको बागलुङ कालिका भगवती गुठि व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।
सधैंजसो भिडभाडनै रहने बागलुङ कालिका मन्दिरमा चैत्राष्ठमीको दुर्गा र बडा दशैंको दुर्गाको समयमा बिषेश भीड लाग्ने गर्छ । यहाँ धौलागिरी अञ्चलसँगै पोखरा, काठमाडौं, स्याङ्जा, बुटवल, चितवन लयायत देशका विभिन्न ठाउँबाट भगवतीको दर्शनका लागि भक्तजनहरु आएको खड्का जानकारी दिए । वडा दशैंमा वैदेशिक रोजगारको लागि बिदेश गएकासमेत दशैंमा घर फर्कने र दुर्गाको समयमा कालिकाको दर्शन गर्न आउने भएकाले भीड थप बढ्ने गरेको उनले बताए । आफ्नो मनोकामना पुरा हुने विश्वासमा विभिन्न स्थानबाट भाकल गर्ने भक्तजनले कुखुरा, राँगा, बोका, परेवा आदि बलि चढाउने गर्छन् । नवदुर्गा शुरु भएपछि मन्दिरमा भक्तजनहरुले भाकल गरेका बोका, हाँस र कुखुराका बलि चढाउने क्रमसमेत बढेको मन्दिर व्यवस्थापनले जनाएको छ । भक्तजनको सुविधा तथा शान्ति सुरक्षाका लागि समितिले प्रहरी तथा स्वयंसेवक परिचालन गरेको छ । मन्दिरको दर्शनका लागि पुगेका बागलुङका धर्मराज शर्माले अन्य समयमा कम मात्रामा आउने भएपनि नवदुर्गामा सधैँ आउने गरेको बताए ।
त्यस्तै बलेवा काल भैरव मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ । बर्षा र हिलाम्मे सडकको सामना गर्दै मन्दिरमा आउने भक्तजनको संख्यामा उल्लेख्य बृद्धि भएको मन्दिर व्यवस्थापन समितिका सचिव गुरुदत्त पाठकले बताए । ‘नयाँ बनाएको सडकमा मानी पर्दा केही हिलो भएको छ’ पाठकले भने ‘तर भक्तालुहरु सबै कठिनाई सामना गर्दै यहाँ आउनु भएको छ ।’ काल भैरव मन्दिरमा पनि अन्य समयमा भन्दा नवदुर्गाका बेला बलि दिनेहरुको बिषेश भीड लाग्ने गरेको छ । पश्चिम थन्थापी माईको मन्दिरमा पनि भक्तजन पुगेका छन् । अरु समयमा सुनशान जस्तै रहने यो मन्दिरमा दशैं र चैते दशैंको समयमा पुजा आजा र भक्तजनको उपस्थिती बाक्लो हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->