शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बाजागाजा सहित बागलुङको गल्कोट प्रवेशद्धार उदघाटन

बाजागाजा सहित बागलुङको गल्कोट प्रवेशद्धार उदघाटन


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०७६, शनिबार

बागलुङ,१८ असोज – जिल्लाको काँठेखोला गाउँपालिका र गल्कोट नगरपालिकालाई जोड्ने गल्कोट प्रवेशद्धारको शनिवार एक कार्यक्रमका विच उदघाटन गरिएको छ । गलकोट समाज जापानको आर्थिक सहयोग र गलकोट समाज गलकोटको व्यवस्थापनमा निर्माण सम्पन्न भएको गलकोट प्रवेशद्धारको उदघाटन गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले गरे । उद्घाटन गदैं नगर प्रमुख गैरेले प्रवासमा रहेका गलकोटबासीले गलकोटका क्षेत्रमा लगानी गरे लगानीको सुरक्षा गर्न नगरपालिका तयार रहेको र गेटको संरक्षण गर्ने स्वामित्व गलकोट नगरपालिकाले लिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गलकोट समाज जापानका अध्यक्ष दिल खत्रीले गलकोटको समृद्धि र बिकासको लागी गलकोटबासीहरु बिच एकता आवश्यक रहेको बताए । स्थानीय श्रोत र साधनको परिचालन गरेर गलकोटलाई समुन्नत बनाउनु सकिने उनको धारणा थियो । ताराखोला गाँउपालिका अध्यक्ष प्रकाश घर्तिले गलकोट क्षेत्रमा गलकोटको पहिचान सहितको गलकोट प्रबेशद्धार निर्माणले प्रवासि गलकोटेहरुले गलकोटमा पुर्बाधार बिकासको सुरुवात गरेको बताए । घर्तिले भौतिक संरचना निर्माणलाई गति दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा काठेखोला गाँउपालिकाका अध्यक्ष अमर थापाले गलकोट प्रवेशद्धारको संरक्षण गर्ने दायित्व गलकोट नगरपालिकासंगैं काठेखोला गाँउपालिकाको पनि रहेको भन्दै आगामी दिनमा गलकोट समाजसंग गाउँपालिकाले सहकार्य गदैं अगाडि बढ्ने प्रतिबद्धता जनाए । गलकोट नगरपालिका वडा नम्वर १ र काठेखोला गाउपालिका वडा नम्वर ५ को भ्युटावरमा निर्माण गरिएको गलकोट प्रवेशद्धार २२ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । गलकोट समाज जापानका निबर्तमान अध्यक्ष नर बहादुर थापाले गेट निर्माणका चरणमा बिभिन्न क्षेत्रबाट भएको सहयोगको चर्चा गदैं आगामी दिनमा अझ प्रभाबकारी कार्यक्रम गलकोट समाजले संचालन गर्ने बताए । कार्यक्रम गलकोट समाज गलकोटका अध्यक्ष हर्क बहादुर पाण्डको अध्यक्षता, सचिब देबेन्द्र बहादुर खत्रीको स्वागत तथा सहसचिब पुर्ण चोखालको सञ्चालनमा सम्पन्न  भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->