रुपन्देही, ३० असोज – बडीगाड गाउपालिकामा रहेको भानु क्याम्पस सञ्चालनका लागि आयोजना गर्न लागिएको धनधान्याञ्चल विराट महायज्ञलाई सफल पार्न रुपन्देहीवासीले साथ दिने भएका छन । आगामी मंसिर ११ देखि १८ सम्म सञ्चालन हुने महायज्ञलाई धन, मन र बचनले साथ दिने बडीगाडबाट वसाइसराई गरी यहाँ आएकाहरुले प्रतिवद्धता जनाएका हुन् । भागवत भास्कर पं. कमल नयन गौतम प्रमुख वाचक रहने वाग्लुङ् जिल्लाको पश्चिम क्षेत्रको रमणिय स्थल बडीगाँड ५ ग्वालीचौर न्वारमा सो महायज्ञ सञ्चालन हुनेछ ।
त्यहाँ रहेको भानु क्याम्पस निर्माणर्थ हुन गइरहेको श्रीमद्भागवद धनधान्यञ्चल विराट ज्ञान महायज्ञ सम्मपन्न गर्नको लागि विशेषत ग्वालीचौरबाट वसाईसराई गरेकासंग बुटवल उपमहानगरपालिका सुख्खानगरको राधाकृष्ण मन्दिरमा भेटघाट एवम छलफल कार्यक्रम सम्मपन्न भएको छ।
सो कार्यक्रममा बडिगाड गाउँपालिकाका मेहसिंह पाइजा, वार्ड नं ५का वार्ड अध्यक्ष अर्जुन प्रसाद खरेल, नेकपाका गुणानिधि घिमिरे, कमलराज आचार्य, नेपाली काग्रेसका हरिदत्त आचार्य, यज्ञ मुल समारोह समितिका संयोजक कृष्णप्रसाद तिवारी, शिक्षक तिर्थमणी भुुसाल, ईश्वरी प्रसाद आचार्य लगायतका टीमसंग यहाँ वसाई सरेकाहरुले महायज्ञ सफल पार्ने बचन दिएका छन । सो कार्यक्रममा सहभागीहरुले महायज्ञमा सहयोग जुटाउन दिपक भट्टराइको संयोजकत्वमा १३ सदस्य बडीगाड रुपन्देही यज्ञ सहयोग उपसमिती गठन गरेका छन ।
समितिको उपसंयोजकमा दुर्गालाल तिवारी, सचिबमा दिनेश चन्द्र घिमिरे र सदस्यहरु वुध्दिप्रसाद तिवारी, गुणानिधि तिवारी, कमल तिवारी, शंकर जिसी ,टेकबहादुर बोहरा, रमाकान्त घिमिरे, श्रीप्रसाद खरेल, खेमानन्द भट्टराई रहेका छन । समितिले तन, मन र धनले सक्दो सहयोग गरि यज्ञ सफल बनाउने प्रतिवद्धता ब्यक्त गरेको उपसंयोजक तिवारीले वताए ।





