शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बिप्लब त्यागेपछि छुटे गलकोटका सुदर्शन

बिप्लब त्यागेपछि छुटे गलकोटका सुदर्शन


  • Dhorpatan News
  • कार्तिक २ २०७६, शनिबार

बागलुङ, २ कात्तिक – नेत्र बिक्रम चन्द बिप्लब समूहको नेकपाको गलकोट नगरपालिका सचिवमा लागेको कारण पक्राउ परेका सुदर्शन नेपालीले पाटी परित्याग गरेका छन् । उनले शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङमा पार्टी परित्याग गरेर स्वतन्त्र जीवन बिताउने बताएका छन् । पार्टी परित्याग गरेर स्वतन्त्र रहने प्रतिवद्धता सहितको कागजात गरेपछि प्रहरीले उनलाई रिहाई गरेको छ । १८ दिन अघि उनलाई गलकोटबाटै प्रहरीले पक्राउ गरेको थियो । दरमखोला हाईड्रो पावर कंपनीमा कर्मचारीको रुपमा काम गरेका उनले पुन त्यही काम गर्ने समेत बताए । उनले पार्टी परित्याग गर्ने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले कानून र राज्यको गतिविधि विरुद्ध लाग्ने कसैलाई नछाड्ने बताए । उनले सुध्रिन चाहनेलाई अवसर समेत दिने बताए । राज्य विरुद्धको क्रियाकलाप बढाएपछि बिप्लब समूहलाई नेपाल सरकारले प्रतिवन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->