शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा नेकपाको चियापान कार्यक्रम सम्पन्न

बागलुङमा नेकपाको चियापान कार्यक्रम सम्पन्न


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०७६, बिहिबार

बागलुङ, ७ कात्तिक – नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेपाल सरकार समृद्ध नेपालको बाटोमा हिड्न थालेको बताएका छन् । उनले देशमा शान्ति, सुशासन, बिकास र समृद्धिको काममा नेकपाको सरकारले अगुवाई गरेको समेत बताए ।
बागलुङमा आयोजना गरेको चियापान समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका पौडेलले नेपालले भारत र चीन बीच समान दुरी राख्न सकेको बताए । उनले दुइदेशको सम्बन्ध समानान्तर राख्न र लगानी भित्राएर ठूला बिकास गर्न लागेकोले सरकार सफल भएको दावी समेत गरेका थिए । पौडेलले धर्मनिरपेक्षता, गणतन्त्र र संघियताको कार्यान्वयन गरेर सबै नागरिकको सम्मान, बिकासमा सहभागिता बढाएको उनले बताए । ती सबै एजेण्डा आफ्नै दलको भएको भन्दै संस्थागत बिकासमा पनि निरन्तर खटिन कार्यकर्तालाई आग्रह गरे ।

सरकारलाई जनताको पूजि समेत संकलन गरेर बिकासमा लगाउने र जनतालाई मुनाफा दिने काम गर्नुपर्ने धारणा पनि राखेका थिए । उनले व्यक्ति, संस्था र राज्यको पूजि एककिृत गरेर ठूला आयोजना बनाउने तर्फ अब सरकार लाग्नुपर्ने सुझाव दिए । नेकपाका जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटाको अध्यक्षता र सचिव ज्ञामनाथ गैह्रेको संचालनमा सम्पन्न कार्यक्रममा प्रतिपक्षी कांग्रेस सचिव नवराज पौडेल सहित पूर्व सभापतिहरु, राजमोका अध्यक्ष सहितका जिल्ला नेता पनि उपस्थित थिए । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री सहितका सेना र प्रहरीका प्रमुख, पनि उपस्थित थिए ।
दशै, तिहार, छड लगायतका चाडपर्वको शुभकामना दिने र चिया पान मार्फत सुसम्बन्ध कायम राख्ने भन्दै चियापान गरिएको सापकोटाको भनाइ थियो । चियापानमा पाका पुराना नेता देखि जिल्लाका व्यवसायी, कार्यकर्ता, संचारकर्मी समेत सहभागि थिए । बिहान ७ बजे भनेपनि ८ बजेदेखि शुरु भएको चियापान कार्यक्रम १० बजे सम्म संचालन भएको थियो । चियापानमा लामो समय भेटघाट नभएका कार्यकर्ता र स्थानीयले समूहमा बसेर छलफल गर्ने र राजनीतिक बिषयमा कुराकानी पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->