शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

एकल सिफारिसमा परेकी विद्यासंगै थपिए प्यासी र राजकाजी

एकल सिफारिसमा परेकी विद्यासंगै थपिए प्यासी र राजकाजी


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०७६, बिहिबार

पोखरा, १३ कात्तिक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) कास्की जिल्ला कमिटीले कास्की २ को उपनिर्वाचनका लागि नेकपाले रवीन्द्रपत्नी विद्या भट्टराईलाई निर्विरोध उम्मेदवारमा सिफारिस गरेको थियो । तर केन्द्रीय सचिवालयको निर्देशन अनुसार थप दुई जनाको नाम गण्डकी प्रदेश कमिटीले थपेर शिफारिस गरेको छ । केन्द्रको निर्देशन अनुसार प्रदेश कमिटीले २ जना थपेर उम्मेदवार केन्द्रमा सिफारिस गरेको प्रदेश कमिटी सचिव गोबिन्द नेपालीले जानकारी दिए। विद्यासँगै प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम पनि थप गरेको नेपालीले बताए ।
तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी निर्वा्चित भएको कास्की २ सहित देशका विभिन्न स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->